अब विश्वविध्यालयमा राजनीतिक भागवण्डा नहुने

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १०, २०८० १७:४९
अब विश्वविध्यालयमा राजनीतिक भागवण्डा नहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक समाज र दलहरुलाई क्रमभंगताको अपिल गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार देशबासीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको बारेमा शीर्ष तहको छलफल गर्नुपर्ने बताए । उनले अब विश्व विद्यालयहरुमा राजनीतिक भागवण्डा नहुने समेत बताए ।

‘संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाका सहित उपकुलपतिमा दाबी गर्न सक्नेछन्’, उनले भने, ‘अब मेरिटोक्रेसी सुरु हुनेछ । त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थान बिन्दु हुनेछ ।’

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १०, २०८० १७:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट