५ करोडको ठाउँमा २० करोड लिँदा कसरी राष्ट्रहितविपरीत हुन्छ : प्रधानमन्त्री

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १२:२८
५ करोडको ठाउँमा २० करोड लिँदा कसरी राष्ट्रहितविपरीत हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतले नेपालमा २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने सहमति राष्ट्रहितविपरीत नभएको दाबी गरेका छन् । प्रधानमन्त्रीको प्रश्‍न : ५ करोडको ठाउँमा २० करोड लिँदा कसरी राष्ट्रहितविपरीत हुन्छ ?

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बुधबार प्रधानमन्त्री दाहालले विगतमा ५ करोड लिँदा राष्ट्रहितविपरीत नहुने अहिले २० करोड लिँदा चाहिँ राष्ट्रहित विपरीत कसरी हुन्छ भन्दै सांसदहरूलाई नै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री दाहालले नेपाली जनताका हित र आकंक्षालाई भारतीय विदेशमन्त्री आउँदा कतिपय दर्‍होसँग राखिएको बताए ।

समितिको बैठकमा एमालेका सचेतक महेश बर्तौलाले भारतसँगको सम्झौताले नेपालको स्वाभिमानको जरा काट्ने काम गरेको बताए । उनले सम्झौता जस्ताको तस्तै सार्वजनिक गर्न माग गरेका थिए ।

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्