वीर अस्पतालमा छतको पर्खाल खस्दा ४ जना घाइते

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १७, २०८० १५:२0
वीर अस्पतालमा छतको पर्खाल खस्दा ४ जना घाइते

काठमाडौँ । वीर अस्पतालमा छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् । अस्पतालकाे पुरानाे भवनकाे पर्खाल खसेकाे  हाे ।

घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । साे घटनामा  चार जना बिरामीका कुरुवा घाइते भएका हुन् । आइतबार दिँउसो २ बजे अस्पतालकाे बीचमा रहेकाे रातो भवनको छत भत्किएको हो । सो भवन २०३६ सालमा निर्माण भएको थियो ।

लगातार बर्षाको कारण पुरानो इट्टाको पर्खाल भत्किएको हुन सक्ने अनुमान गरिएको छ ।  पर्खाल भत्किएसँगै तल करिडोरमा भएका चार जना बिरामीको कुरुवा सामान्य घाइते भएका छन् ।घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १७, २०८० १५:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट