राष्ट्रियसभा निर्वाचन : प्रदेश प्रदेश पस्दै गठबन्धन

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० 0९:१९
राष्ट्रियसभा निर्वाचन : प्रदेश प्रदेश पस्दै गठबन्धन

राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन आबद्ध दलहरूले गठन गरेको ‘राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति- २०८०’का प्रतिनिधिहरू प्रदेश स्तरमा खटिने भएका छन्। समितिको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो।

शनिबारको बैठकमा राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा सात वटै प्रदेशका उम्मेदवारहरूसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरिएको छ।

राष्ट्रिय सभाको यही माघ ११ मा हुने निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले साझा उम्मेदवारी दिएका छन्। साथै, निर्वाचन केन्द्रित भएर समन्वय समिति पनि गठन गरेका छन्।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा गठित सो समितिमा माओवादी केन्द्रबाट वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्रप्रसाद पाण्डे र जनता समाजवादी पार्टीबाट मनिष सुमन सदस्य छन्।

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० 0९:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट