सन्धी सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १६:३५
सन्धी सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न मितिमा भएका सन्धी सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले नेपाल सरकार पक्ष भई विभिन्न मुलुकहरू वा अन्तरसरकारी संघ संगठनहरुसँग भएका सन्धी सम्झौताहरू, संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिएको सभापति विमला सुवेदीले जानकारी दिए ।

त्यस्तै बैठकले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौताहरूको पूर्ण विवरण सात दिनभित्र समितिमा उपलब्ध गराउन पनि निर्देशन दिइएको उनले बताए ।

बैठकमा समिति सदस्यहरूले नेपालको आवश्यकताका आधारमा मात्रै मित्रराष्ट्रबाट सहयोग लिनुपर्ने धारणा राखेका थिए । समिति सदस्य जीवन परियारले नेपालको आवश्यकता र प्राथमिकतामा आधारमा सहयोग लिने र खर्च गर्ने परिपाटी सिर्जना गर्नुपर्ने बताए । उनले समितिको क्षेत्राधिकार अन्तराष्ट्रिय सन्धिसम्झौता रहेकाले यस विषयमा समितिमा नै छलफल हुनुपर्ने धारणा राखेका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग हालै भएको सहमतिका बारेमा जानकारी गराएका थिए ।

  • मिसन संवाददाता
  • बुधबार, पुस २५, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट