बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थलमा हवाई उडान प्रभावित

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० 0९:५१
बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थलमा हवाई उडान प्रभावित

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । शीतलहर र बाक्लो हुस्सुका कारण पनि भिजिविलिटी नहुँदा हवाई उडान प्रभावित भएको हो । प्रतिकूल मौसमका कारण उडान र अवतरण दुवै प्रभावित भएका छन् ।

शनिवार नेपालगञ्जमा कुनै पनि उडान हुन सकेन । विमानस्थल प्रमुख सुरेश खनालले बाक्लो हुस्सुका कारण नियमित उडानमा कठिनाइ भइरहेको बताउनुभयो । प्रतिकूल मौसमका कारण माउन्टेन फ्लाइट समेत भएका छैनन् ।

नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला हुम्ला, मुगु र बाजुरामा जाने समिट र तारा एयरलाइन्सको दुई, यति एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सको ६ वटा उडान नभएको खनालले बताउनुभयो । श्री एयरलाइन्सको माउन्टेन फ्लाइट पनि भएको छैन ।

आज पनि बाक्लो हुस्सु र शीतलहर चलेको कारण उडान प्रभावित हुने देखिएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० 0९:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट