यसरी हुन्छ नक्कली लाईसेन्स बनाउनेको म्यासेजमा डिल !

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० ११:४३
यसरी हुन्छ नक्कली लाईसेन्स बनाउनेको म्यासेजमा डिल !

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको यातायात व्यवस्था विभाग यतिखेर नक्कली लाइसेन्स प्रकरण बाहिरिएसँगै निकै बद्नाम हुन पुगेको छ । बद्नाम हुनुको मुख्य कारण विगतमा बिभागको नेतृत्व गरेका केही महानिर्देशक र कर्मचारीले गरेको कमजोरीलाई मानिएको छ । मुलुक संघीय प्रणालीमा गएसँगै निजामती सेवाबाट समायोजन भएर प्रदेश सरकार मातहत गएका कर्मचारीका कारण यतिखेर सिंङ्गो मन्त्रालय र बिभाग बदनाम भएको समाचार स्रोतले जानकारी दिएको छ ।

यतिखेर करारमा नियुक्त कम्प्यूटर अपरेटरहरुले यातायात व्यवस्था कार्यालयको दैनिक कामकाज गर्दै आएका छन् । यति सम्वेदनशिल विषयमा करारका कर्मचारीबाट काम लिनु र डाटा सर्वरमा नाम, उमेर, ठेगाना, फोटो, औंठाछाप र लाइसेन्सको किसिम परिवर्तन गर्न सकिने सर्वर खरिद गर्नु सरकारको कमजोरी रहेको बताइएको छ ।

०७२ भदौयता गत भदौसम्म यातायात व्यवस्था विभागका १० महानिर्देशकको पालामा लिखित परीक्षा र ट्रायलविना नै ६६ हजार ६६ थान नक्कली लाइसेन्स जारी भएको भेटिएको छ । नक्कली लाइसेन्सका सम्बन्धमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागबाट कागजात लगेर अनुसन्धान गरिरहेको छ ।

हाम्रो मिसन लगायतका मिडियाले नक्कली लाइसेन्सका सम्बन्धमा लगातार समाचार सम्प्रेषण गरिरहेका छन् । यसै सन्दर्भमा नक्कली लाईसेन्स बनाएर पैसा उठाउने धन्दामा लागेका एक जनालाई सप्रमाण फेला पारेको छ । पुतलीबजार ७ स्यांग्जाका सन्दिप क्षेत्री पनि यस्तै ठगको फेला परेका छन् ।

बालकृष्ण नेपाली नामका एकजनाले उनलाई नक्कली सवारी लाईसेन्स बनाईदिने भन्दै पैसा खाएको क्षेत्रीले हाम्रो मिसनलाई म्यासेज पठाउदै गुनासो गरेका छन् । नेपाली यातायात कै कर्मचारी हुन् या हैनन् भन्ने प्रमाणीकरण भने हुन सकेको छैन । नेपालीले क्षेत्रिलाई लाईसेन्स बनिसकेको भन्दै पैसा पठाउन आग्रह गरेका छन् ।

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्