अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आजबाट निरन्तर

  • मिसन संवाददाता
  • आइतवार, माघ २८, २०८० १२:0५
अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आजबाट निरन्तर

कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको पेसी आजका लागि तोकिएको छ । मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने जनाइएको छ । ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन लगोको हो ।

यसअघि गत पुस २९ गते आइतबारका लागि उक्त मुद्दाको पेसी तोकेको थियो । तर उक्त दिन दिन न्यायाधीश अभावका कारण गोला नतानिएपछि स्थगितको सूचीमा राखिएको थियो ।

गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन् । १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको थियो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते रौतहटको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ । तर, आलमले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

  • मिसन संवाददाता
  • आइतवार, माघ २८, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट