हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट
  • शेरबहादुर देउवा
  • उत्तर कोरियाली ह्याकर
  • विनोद चौधरी

उद्यान वन्यो बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने थलो

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १४:0१
उद्यान वन्यो बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने थलो
 काठमाडौँ । समथर फाँटमा रहेको बाबियाचौर बजारको पुछारबाट बगेको म्याग्दी नदीको किनारमा हिजोआज बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउन थालेका छन् । बढ्दो शहरीकरणले भरिदै गएको बाबियाचौरस्थित म्याग्दी नदीको किनारमा उद्यान निर्माण भएपछि फुर्सदको समय उपयोग गर्दै मनोरञ्जन लिन जानेको भीड लाग्न थालेको हो । मङ्गला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिकाले विभिन्न क्षेत्रबाट रकम सङ्कलन गरी रु एक करोडभन्दा बढीको लगानीमा ‘मङ्गला इन्द्रेणी उद्यान’ निर्माण गरिएको हो । उद्यान निर्माण भएपछि यहाँ घुम्न जानेको भीड लाग्न लाग्न थालेको छ । बजारीकरणले साँघुरिँदै गएको यसक्षेत्रमा बालबच्चा खेल्ने ठाउँसमेत नभएको अवस्थामा उद्यान सञ्चालन गरिएपछि बालबालिकालाई मनोरञ्जन गर्न सहज भएको छ । स्थानीय मङ्गला माविका शिक्षकसमेत रहनुभएका स्थानीयवासी केशव कँडेलले उद्यानमा बालबालिकाका लागि खेल्ने सामग्रीका कारण उनीहरुको मनोरञ्जनमा राहत पुगेको बताउनुभयो । “बालबालिकाका लागि खेलकुद र मनोरञ्जन जरुरी कुरा हो, यहाँका विद्यालय र बजारमा त्यो सुविधा उपलब्ध थिएन, बाल उद्यानले यहाँका बालबालिकामा ठूलो उत्साह ल्याएको छ”, उहाँले भन्नुभयो । अहिले बिहान र बेलुका फुर्सदको समयमा बालबालिकादेखि वृद्धवृद्धासम्मको उद्यानमा बाक्लो उपस्थिति हुने गरेको छ । यस उद्यानमा बालबालिकाको खेल्ने सुविधासँगै वृद्धवृद्धाका लागि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रसमेत बनाइएकोे छ । घुमफिरका लागि उद्यानलाई हरियाली र आकर्षक बनाउन खण्ड–खण्ड बनाएर विभिन्न किशिमका फूल रोपिएको र बाह्रैमास हरियो हुने दुबोले समेत उद्यानको सौन्दर्य बढाएको छ । भविष्यसम्मको आवश्यकतालाई मध्यनजर गरी उद्यान निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । “बाबियाचौर बजारमा सहरीकरण बढ्दै गएको छ, यहाँ बालबालिका खेल्नका लागि सडकमा निस्कन्छन्, सवारी साधनको ओहोरदोहोरले दुर्घटनाको जोखिम बढिरहेको छ, हामीले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एउटै स्थानमा रमाइलो र मनोरञ्जन लिने थलोको रुपमा उद्यानको अवधारणलाई अघि बढाएका थियौँ, आज त्यो पूरा भएको छ”, उहाँले भन्नुभयो । बच्चाको शारीरिक र मानसिक विकासका लागि मनोरञ्जन प्रमुख विषय रहेको अवस्थामा उपयुक्त खेल्ने ठाउँ नहुँदा बालबालिका मोबाइलमा मात्रै भुल्ने गरेकाले गाउँपालिकाले आफ्नो गौरवको योजनाको रुपमा उद्यान निर्माण गरेको अध्यक्ष रोकाको भनाइ थियो । आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको यस उद्यानमा सङ्ग्रहालय, खानेपानी, बगैँचा, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको छ । सुरक्षाका लागि वरिपरि घेरावार र प्रवेशद्वार निर्माण गरिएको छ । उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि ‘रनिङ स्पट’ बनाइएको छ । उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुईदाम जग्गा निःशुल्क उपलब्ध गराएको हो । त्यसैगरी थप पाँच आना जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु एक लाख र मङ्गला युवा क्लबले रु दुई लाख सहयोग उपलब्ध गराएको थियो । हाल काठमाडौँमा बसोबास गर्नुहुने जग्गादाता अधिकारीले आफूहरुले दान गरेको जग्गामा भव्य उद्यान निर्माण भएकामा खुसी व्यक्त गर्नुभयो । “हामी यही जन्मियौँ, हुर्कियौँ, अहिले काठमाडाँैमा छौँ, हामीले निःशुल्क उपलब्ध गराएको जग्गामा उद्यान बनेको छ, यहाँ बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउने थलोको रुपमा उद्यानलाई अघि बढाइएको रहेछ, यो उद्यानले मङ्गलाको विकासमा नयाँ आयाम थपेको महसुस गरेको छु”, उहाँले भन्नुभयो । उद्यानमा स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीे संरक्षणका लागि सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । सङ्ग्रहालय भवनमा स्थानीय लोपोन्मुख सामग्री सजाएर गरेर राख्ने र उद्यानलाई थप सौन्दर्य बढाउँदै लैजाने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार उद्यानलाई निःशुल्क जग्गा दिने अधिकारीको सम्मानमा उद्यान परिसरमा अर्धकदको सालिक वनाइएको छ भने सङ्ग्रहालयको नाम ‘मङ्गला खड्गनन्द सङ्ग्रहालय’ राखिएको छ । उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले रु १८ लाख र गण्डकी प्रदेश सरकारले सङ्ग्रहालयका लागि रु १६ लाख तथा ज्येष्ठ नागरिक आश्रयस्थलका लागि रु सात लाख उपलब्ध गराएका थिए । उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र सङ्ग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब रु ६० लाखभन्दा बढी लगानी गरेको जनाइएको छ ।
  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १४:0१
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

नवाजुद्दिन सिद्दिकि भन्नछन,नेपाली चलचित्र अन्तर्राष्ट्रिय वजारमा हुदाँ खुसी छु
नवाजुद्दिन सिद्दिकि भन्नछन,नेपाली चलचित्र अन्तर्राष्ट्रिय वजारमा हुदाँ खुसी छु
तिमी शान्ति ल्याइदेउ
तिमी शान्ति ल्याइदेउ
प्रहरी समायोजनको विपक्षमा किन देखिए पूर्वआईजीपी ?
प्रहरी समायोजनको विपक्षमा किन देखिए पूर्वआईजीपी ?
कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पति ?
कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पति ?
बालकुमारी घटना किन र कसको सनकमा ?
बालकुमारी घटना किन र कसको सनकमा ?
हामी पुरानो भयौ, नयाँ मान्छे खोजौ : परशुराम तामाङ
हामी पुरानो भयौ, नयाँ मान्छे खोजौ : परशुराम तामाङ

नेपाल अपडेट

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

इजलास कक्षविहीन न्यायिक समिति
इजलास कक्षविहीन न्यायिक समिति
दुल्लुका वडा अध्यक्ष बिते
दुल्लुका वडा अध्यक्ष बिते
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द
चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द
प्रअले विद्यालय सुधार योजना महानगरमा बुझाउनुपर्ने
प्रअले विद्यालय सुधार योजना महानगरमा बुझाउनुपर्ने
जनयुद्ध दिवसकै दिन माओवादीले विधान अधिवेशन सुरु गर्ने
जनयुद्ध दिवसकै दिन माओवादीले विधान अधिवेशन सुरु गर्ने
प्रधानमन्त्री दाहाललाई ज्यापू संस्कृति विकास कोषले नागरिक अभिनन्दन गर्ने
प्रधानमन्त्री दाहाललाई ज्यापू संस्कृति विकास कोषले नागरिक अभिनन्दन गर्ने
अर्थतन्त्र सुधार्न राजनीतिक स्थिरता चाहिन्छ : प्रदेश प्रमुख गुरुङ
अर्थतन्त्र सुधार्न राजनीतिक स्थिरता चाहिन्छ : प्रदेश प्रमुख गुरुङ
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: