भुटानी काण्डमा ‘दाग लागेका’ बालकृष्ण खाँण केन्द्रिय समिति बैठकमा देखिए

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १0:५१
भुटानी काण्डमा ‘दाग लागेका’ बालकृष्ण खाँण केन्द्रिय समिति बैठकमा देखिए

नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गत पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । कांग्रेसका प्रभावशाली नेता खाण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका हुन् ।

गत वर्ष भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकपछि पहिलो पटक खाँण आज केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाँण सहभागी भएका छन् । नियमति स्वास्थ्य जाँच गराउनुपर्ने भएकोले उनी हिजो बैठकमा सहभागी भएका थिएनन् ।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट