वैद्यका मान्छेले यातायातका हाकिमको मुखमा कालो पोते

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १२:४९
वैद्यका मान्छेले यातायातका हाकिमको मुखमा कालो पोते

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलिएको छ। सोमबार महानिर्देशक रिजालमाथि मीनभवनस्थित कार्यालयमै कालोमोसो दलिएको हो।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनीमाथि कालोमोसो दलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कालोमोसो दल्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय लाइसेन्समा भएको घोटाला तथा नक्कली लाइसेन्सको विषय बाहिर आएको छ। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ।

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १२:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट