रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० ११:४६
रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

रियल मड्रिड स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा एलभासेलाई १–० ले हराएर रियल मड्रिड शीर्ष स्थानमा उक्लेको हो । लुकास भाजक्वेजले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोल जितका लागि पर्याप्त भयो ।

खेलकाे ५४औँ मिनेटमा नाचोले रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो । यसअघि शीर्षमा रहेको जिरोनाले रियल बेटिससँग १–१ को बराबरी खेलेपछि रियलसामु अगाडि बढ्ने अवसर मिलेको थियो ।

रियलको १८ खेलबाट ४५ अंक छ भने जिरोनाको पनि समान खेलबाट ४५ अंक नै छ । बार्सिलोना ३८ अंकसहित तेस्रो स्थानमा छ ।

अन्य खेलमा रियल मार्लोकाले ओसासुनालाई ३–२ ले हरायो भने काडिज र रियल सोसिडाडले गोलरहित बराबरी खेले ।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट