श्रीमती र भान्जीलाई मारेपछि सालोलाई फोन : मैले सबैलाई मारे !

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० १३:३७
श्रीमती र भान्जीलाई मारेपछि सालोलाई फोन : मैले सबैलाई मारे !

काठमाडौंको सीतापाइलामा ३ जना मृत भेटिएको केही बेरपछि एक पुरुष पनि झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सीतापाइलामा बुधबार बिहान एक महिला र उनका दुई छोरीहरू मृत भेटिएका थिए । उक्त घटनाकै अनुसन्धानका क्रममा प्रहरीले एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला पारेको हो ।

तीन जनाको शव भेटिएको ठाउँभन्दा केहीपर सोलुखुम्बु स्थायी घर भएका पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा ती पुरुषले तीन जनाको हत्या गरी आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको छानबिन भइरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ ।

घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतका अनुसार ईश्वरीका ३७ वर्षीय श्रीमान राजु आफैंले घटना गरेपछि आफ्ना सालोलाई सम्‍पर्क गरेका थिए।

‘बिहान घटना भइसकेपछि मैले सबैलाई मारेँ, अब म पनि मर्छु भनेर हिँडेका रहेछन्,’ उनले भने, ‘सालोलाई फोनमा त्यस्तो भनेपछि प्रहरीलाई खबर भएको हो।’

त्यसरी मर्न जाँदैछु भन्ने खबर पाएपछि प्रहरीले श्रीमानलाई खोजी गरेको थियो।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट