गठबन्धनका उम्मेदवार जिताउन लुम्बिनीमा कार्यदल गठन

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० १३:४७
गठबन्धनका उम्मेदवार जिताउन लुम्बिनीमा कार्यदल गठन

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रियसभाका उम्मेदवारहरुलाई जिताउनको लागि लुम्बिनी प्रदेशमा गठबन्धनमा आबद्ध दलहरुको बैठक सम्पन्न भएको छ। नेपाली कांग्रेसको प्रदेश कार्यालयमा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी समेतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

बैठकमा कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बराल, एकीकृत समाजवादी र जसपाका नेताहरु, उम्मेदवार झक्कु सुवेदी, विष्णुकुमारी सापकोटा लगायत उपस्थित थिए ।

बैठकले लुम्बिनी प्रदेशका सबै जिल्लामा मतदाता भेटघाट गर्ने, कांग्रेस सभापति पुनको नेतृत्वमा गठबन्धनमा आबद्ध सबै दलका प्रमुखहरु सदस्य रहने गरि कार्यदल गठन गर्ने निर्णय भएको बैठकमा सहभागी माओवादी केन्द्रका नेता देव चौलागाईंले बताए ।

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट