आज राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता हुँदै

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन २८, २०८० 0९:५५
आज राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ।

उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ। दर्ता प्रक्रिया सकिनासाथ आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने कार्यतालिका छ।

संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक छ।

नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने समझदारी भएको छ। माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्।

नेपाली कांग्रेसले भने सांसद युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नयाँ गठबन्धनमा तलमाथि नभए दाहाल राष्ट्रियसभा अध्यक्ष बन्ने निश्चित छ। माओवादी, एमाले, एकीकृत समाजवादी र जसपासँग राष्ट्रिय सभामा ३९ सांसद छन्।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन २८, २०८० 0९:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट