रक्सीले टिल भएपछि रडले हान्दा श्रीमतीको मृत्यु

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० 0९:२८
रक्सीले टिल भएपछि रडले हान्दा श्रीमतीको मृत्यु

रडले हानेर श्रीमतीको हत्या गरेको आरोपमा दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ। रक्सीले मातेको बेला श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पेण्डुवाले शनिबार राति ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीको टाउकोमा रड प्रहार गरी हत्या गरेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी पेण्डुवालाई शनिबार राति नै नियन्त्रणमा लिएको थियो।

शनिबार राति सवा १० बजेतिर मदिराले मातेका पेण्डुवाले घर भित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

पेण्डुवाले श्रीमतीको हत्यापछि आफ्नी श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका थिए। सहयोगका लागि पुगेका दुई छिमेकीलाई पनि पेण्डुवाले रड प्रहार गरी घाइते तुल्याएका थिए। घाइते छिमेकी एक युवा र एक महिला भने उपचारपछि राति नै घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ।

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० 0९:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट