प्रधानको अध्यक्षतामा अखिल नेपाल यातायात मजदुर संघ अरनिको बिशेष जिल्ला समिति निर्वाचित

  • मिसन संवाददाता
  • सोमवार, चैत्र १२, २०८० 0८:११
प्रधानको अध्यक्षतामा अखिल नेपाल यातायात मजदुर संघ अरनिको बिशेष जिल्ला समिति निर्वाचित

‘श्रमको सम्मान श्रमिकको स्वाभिमान श्रमिकसँग संगठन २ महिने अभियान’ भन्ने मुल नाराको साथ अखिल नेपाल यातायात मजदुर संघ अरनिको बिशेष जिल्ला समितिको १६ औ सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले राज प्रधानको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्वाचित गरेको छ।

संगठनका अध्यक्ष विशाल गिरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ्ग ‘लालध्वज’ थिए।

कार्यक्रममा माओवादी केन्द्रका युवा नेताहरु देव चौलागाईं, रामचन्द्र कार्की, दिपक के.सी, सुन्दर केसी, सन्तोष फुयाल लगायतको उपस्थिति थियो र मन्तब्य थियो ।

अरनिको अध्यक्ष केदार क्षत्री,पुर्व अध्यक्ष श्याम लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए। प्रधान नेतृत्वको समितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष अमेश फुयाँल, उपाध्यक्षहरु नबिना खड्का र पदम श्रेष्ठ, सचिव टक्कर चौलागाईं, सह- सचीवहरु अर्जुन पौडेल, सुजन ठकुरी, महेन्द्र बस्नेत र राजेस श्रेष्ठ र कोषाध्यक्ष नबिन लामा, सह कोषाध्यक्ष रामायण राउत निर्वाचित भएका छन्।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र १२, २०८० 0८:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट