दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने छिमेकी मोजाम्बिकमा २४ जना घाइते भएका छन् । […]
काठमाडौं । नव नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्ने पहिलो निर्णय गरेका छन्। सोमबार राष्ट्रपतिमा शपथ लिएका उनले कार्यभार सम्हालेलगत्तै निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदको जिम्मेवारी पनि दिएका हुन्।
राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा बुधबर युक्रेनको किभमा भएको भेटवार्ताका क्रममा ‘ब्ल्याक सि’ हुदै गरी आएको निकासीलाई थप विस्तार गर्नुपर्नेमा सहमति भएको छ । उहाँहरुका बीचमा बुधबार किभमा भेटवार्ता भएको र त्यस क्रममा युक्रेन र रुसका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्न तथा आवश्यक मलखादहरुको निकासीको कामलाई रोक्न नहुने र […]
कङ्गोमा यहाँ जारी रहेको द्वन्द्वका कारण विस्थपित हुने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ । कङ्गोको पूर्वी भूभागमा पछिल्ला केही समययता जारी रहेको द्वन्द्वले यहाँका सर्वसाधारण नागरिकहरु विस्थापित भएका छन् । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी एक निकायले दिएको जानकारीअनुसार कङ्गोको पूर्वी क्षेत्रमा केही समय यता हिंसा बढेको छ । त्यस हिंसामा परेर यहाँका २० हजार जनाभन्दा […]
अफगानिस्तानका कम्तीमा पनि दुई करोड ८० लाख अफगान नागरिकलाई तत्कालै मानवीय सहयाताको खाँचो रहेको एक जना संयुक्त राष्ट्रसङ्घीय विशेष दूतले जानकारी दिनु भएको.छ । उहाँले बुधबार भनेका थिए कि यहाँको कम्तीमा पनि दुई तिहाई जनसंख्याका लागि खाना तथा जीवन रक्षाकै लागि आवश्यक अत्यावश्यक सामग्रीहरुको आवश्यकता परेको छ । संयुक्त राष्ट्रसङ्घीय ती दूतका अनुसार यस वर्ष […]
प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ । सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले हुन लागेको उक्त भेटवार्तापछि त्रिदेशीय परमाणु पनडुब्बी सम्झौता हुने अपेक्षा गरिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । अष्ट्रेलिया, अमेरिका र बेलायतबीच १८ महिनासम्म वार्ता भएको थियो । आगामी […]
एक लाखभन्दा बढी जनसङ्ख्या भएको दक्षिण प्रशान्त टापु राष्ट्र टोङ्गामा इन्फ्लुएन्जा बीको प्रकोपका कारण भाइरल निमोनियाका कारण तीन बालबालिकाको मृत्यु भएको छ । एक देखि १३ वर्षका तीन बालबालिकाको मृत्यु भएको बिहीबार माताङ्गी टोङ्गा अनलाइन समाचार वेबसाइटले जनाएको छ । उक्त प्रकोपका घटनाहरू टापु राष्ट्रभरि १० वटा निगरानी साइटहरूमा अनुगमन गरिएको छ ।
चीनले अमेरिकी ब्याङ्मा राखिएको अफगानिस्तानको रकम अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका एक जना लागि चिनियाँ कूटनीतिज्ञले अफगानिस्तानको रकम तत्काल फिर्ता गर्न आह्वान गरेका हुन् । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ स्वाङले अफगानिस्तानका महिला तथा बालबालिकाहरूको अधिकार र हितको रक्षा गर्न तत्काल अफगानी रकम फिर्ता […]
राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गर्नुभएको छ । उहाँले अहिले पनि लैंगिक विभेद रहेको र महिला र पुरुषबीचको समानताका बीचमा खाडल (ग्याप) रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै काम गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले अहिले महिला र पुरुषका बीचमा देखिएको खाडललाई कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा उनीहरुलाई […]
नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ । सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए । बन्दक बनाएर राखिएको अवस्थामा उनीहरुलाई नाइजेरियाली सुरक्षा फौजले उनीहरुलाई उद्धार गरेको समाचारमा जनाइएको हो । कादुना क्षेत्रमा नाइजेरियाका बोको हराम आतङ्ककारी समूहको प्रभाव रहेको बताइएको छ । […]
अफगानिस्तानको हेरात प्रान्तमा यहाँको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि छ जना आइएस लडाका मारिएका छन् ।सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिनुभएको छ । उहाँका अनुसार यहाँको सुरक्षा फौजले आइएसकाविरुद्धमा गरेको कारबाहीका क्रममा ती लडाका मारिएका हुन् । शनिबार भएको सो कारबाहीका क्रममा मारिनेमा एकजना महिला पनि परेका […]
ताञ्जानियाको एक राष्ट्रिय निकुञ्जमा गएका चौध महिनामा छ ओटा हात्ती मरेका छन् । ती हात्ती मरेको नभएर मारिएको पाइएको छ र हात्ती मारेको आशंकामा तीन जनालाई पक्राउ पनि गरिएको छ । ताञ्जानियाको सो राष्ट्रिय निकुञ्जमा गएको चौध महिनाको अवधिमा छ ओटा हात्ती मारिएका र त्यसयमा तस्करको हात रहेको अनुसन्धानबाट खुलेको थियो । सो राष्ट्रिय निकुञ्जमा […]