राष्ट्रपति रामचन्द्रको पहिलो निर्णय: गैरआवासीय राजदूत नियुक्त

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन २९, २०७९ १८:३२
राष्ट्रपति रामचन्द्रको पहिलो निर्णय: गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । नव नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्ने पहिलो निर्णय गरेका छन्।

सोमबार राष्ट्रपतिमा शपथ लिएका उनले कार्यभार सम्हालेलगत्तै निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदको जिम्मेवारी पनि दिएका हुन्।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन २९, २०७९ १८:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट