बाँकेको नेपालगन्जमा ‘फोटो फेस्टिवल’को तेस्रो संस्करण आजदेखि सुरु भएको छ । यहाँस्थित होटल बाटिकामा अन्तरालको आयोजनामा गरिएको उक्त फोटो प्रदर्शनीमा ‘देशभरबाट प्राप्त भएका मध्ये उत्कृष्ट फोटो छनोट गरी राखिएका छन् । फोटो पत्रकार विकास कार्कीका अनुसार आजै विधागतरूपमा उत्कृष्ट फोटो र वर्ष फोटो घोषणा गरिनेछ । कार्कीको नेतृत्वमा फोटो पत्रकार क्लबकी अध्यक्ष श्रुति श्रेष्ठ र […]
चलचित्र ‘पासाङ ःइन द स्याडो अफ एभरेष्ट’ काठमाडौंमा प्रिमियर गरिएको छ । बुधबार प्रिमियरसँगै आयोजित पत्रकार सम्मेलनमा चलचित्रको प्रदर्शन वैशाख १० गतेदेखि देशभरका क्युएफएक्सअन्तर्गतका चलचित्र भवनमा हुने पासाङ ल्हामु फाउन्डेशनले जानकारी दिएको छ । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी समय मेहनत […]
कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु […]
भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिनुभयो । “उहाँहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको छ”, निर्माण नियन्त्रक जोशीले भन्नुभयो । यही चलचित्रको छायाङ्कनका लागि […]
पाल्पाली सङ्गमको आयोजनामा काठमाडौँमा ‘पाल्पा महोत्सव–२०८०’ आयोजना हुने भएको छ । पाल्पाली सङ्गमले आफ्नो स्थापना दिवस पारेर यही वैशाख ९ गते ‘पाल्पा महोत्सव–२०८०’ आयोजना गर्न लागेको हो । पाल्पाबाट काठमाडौँ आई बसोबास गरिरहनुभएका व्यक्तिको सक्रियतामा जिल्लाको विकासका लागि विभिन्न गतिविधि सञ्चालन हुँदै आए पनि २०४८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सङ्गम स्थापना गरी पाल्पाको विकास […]
काठमाडौँमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु जितका लागि दुई सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरथित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समूह ‘ए’को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई ३५ रनको योगफल बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए […]
चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो । सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको चलचित्रकर्मी बताउँछन् […]
कञ्चनपुरको महेन्द्रनगरमा सोमबार सम्पन्न स्व लक्ष्मण चन्द स्मृति पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि नरेन्द्र चन्द र वीरेन्द्र विष्टको जोडीले जितेको छ । अन्तिम खेलमा सुरेन्द्र कार्की र प्रकाश विष्टको जोडीलाई पराजित गर्दै चन्द र विष्टको जोडीले उपाधि हात पारेको हो । प्रतियोगिताका प्राविधिक कमिटी संयोजक दिलबहादुर धामीले प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु २५ […]
लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अठ्ठाइसौँ वन्यजन्तु सप्ताह एवं ११आँै रेडपान्डा ट्रफी प्रतियोगिता अन्तर्गत भलिबल खेल आयोजना गरिएको हो । चार दिनसम्म चल्ने उक्त भलिबल खेलको बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले सोमबार धुञ्चेमा शुभारम्भ गर्नुभयो । प्रतियोगितामा जिल्लाका दस समूह सहभागी भएको आयोजक संस्था लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय […]
जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै सर्वाधिक राशिको सो प्रतियोगिता यही वैशाख ९ गतेसम्म जारी रहने छ । गाउँपालिकाको केन्द्र चिसापानीस्थित खर्क खेलमैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा जन्तेढुङ्गा फुटबल क्लबले विजयी […]
आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको […]
नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ विषयक कार्यक्रममा आआफ्ना देशमा रहेका डिजिटल प्लेटफर्म ओभर दि टप (ओटीटी) र चलचित्र भवनमा प्रदर्शन गर्न नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) नेपाल र फिल्म एण्ड टेलिभिजन प्रमोसन […]