सञ्चारकर्मी विसीको ‘साई बाज’बजारमा

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० १४:१२
सञ्चारकर्मी विसीको ‘साई बाज’बजारमा

मोफसलका सञ्चारकर्मी लक्ष्मण विसीको ‘साई बाज’ बोलको पहिलो देउडा गीत बजारमा आएको छ । विसीकै शब्द रहेको गीतमा लोक देउडा गायक दीपक सङ्गम विसी र चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ । दीपक सङ्गम विसीको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त देउडा गीतमा गायक विसीले नै सङ्गीत भर्नुभएको छ भने एरेन्ज र मिक्सिङ्गोको काम पनि दीपक सङ्गमले गर्नुभएको छ । निर्देशन तथा कोरियोग्राफी टेकेन्द्र शाहले गर्नुभएको यास गीतिभिडियोमा गायक सङ्गम विसी र सुस्मिता कुँवरको अभिनय रहेको छ । विसीले यस देउडा गीतमार्फत समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको बताउनुभयोे । रेडियो मेलौलीमा स्टेशन म्यानेजरको रुपमा कार्यरत उहाँले दर्जनौँ कविता, गजल र मुक्तक पनि लेखिसक्नुभएको छ।

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट