समाज

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

लुम्बिनी, १९ चैत (रासस) : दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पु¥याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहँुका दाना […]

  • २ years अगाडि
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ । सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग अपरिहार्य हुने बताउँदै वक्ताहरूले सामुुदायिक संस्थाको महत्व नबुुझ्दा समस्या पर्ने गरेको बताए । टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशीले क्याम्पस सञ्चालक समिति, समुदाय, क्याम्पस प्रशासन, शिक्षक र […]

  • २ years अगाडि
‘एक वडा, एक खेलमैदान’को योजना अलपत्र

‘एक वडा, एक खेलमैदान’को योजना अलपत्र

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले लिएको छ । प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा सम्पन्न […]

  • २ years अगाडि
कागतीखेतीबाट  रु २० लाख आम्दानी

कागतीखेतीबाट रु २० लाख आम्दानी

सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेक्नुभएका उहाँले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् । मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट हुनुहुन्छ उहाँ । लामो समय विदेशमा परिश्रम गर्नुभएका न्यौपाने आर्थिक अवस्था परिवर्तन […]

  • २ years अगाडि
छ किमी सडक कालोपत्र

छ किमी सडक कालोपत्र

दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ । त्यहाँ चार सय ९० मिटर सडक कालोपत्र भएको हो । त्यस्तै सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको चार सय ८० मिटर सडक पनि कालोपत्र भएको छ भने कपडादेवीबाट चौधरीगाउँसम्मको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ । यस्तै तुलसीपुर–६ प्रगतिनगर टोलको […]

  • २ years अगाडि
बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हँुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार सो जिप सडकबाट करिब […]

  • २ years अगाडि
‘सडकमा खाऔँ, सडकमै  रमाऔँ’

‘सडकमा खाऔँ, सडकमै रमाऔँ’

बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा यही चैत ३० गतेदेखि सुरु हुने महोत्सव अगामी वैशाख २ गतेसम्म जारी रहने छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले ‘सडकमा […]

  • २ years अगाडि
राजस्व लक्ष्यभन्दा कम

राजस्व लक्ष्यभन्दा कम

आन्तरिक राजस्व कार्यालय हेटाँैडाले चालु आर्थिक वर्षको नौ महिनामा रु चार अर्ब चार करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य रु चार अर्ब ३५ करोड नौ लाख ४० रहेकामा सो कार्यालयले उक्त अवधिमा रु चार अर्ब चार करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाइएको छ । […]

  • २ years अगाडि
पहिलो दिनको एसइई शान्तिपूर्ण

पहिलो दिनको एसइई शान्तिपूर्ण

आज बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । बाराको एक परीक्षा केन्द्रमा भने प्रश्नपत्र बाहिर ल्याउन खोज्ने एक छात्राको परीक्षा रद्द […]

  • २ years अगाडि
भृकुटीमण्डपमा सुरु भयो पुष्प मेला

भृकुटीमण्डपमा सुरु भयो पुष्प मेला

आजदेखि भृकुटीमण्डपमा ‘२४औँ फ्लोरा एक्स्पो’ (पुष्प मेला) सुरु भएको छ । पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसियसन नेपालले मेला आयोजना गरेको हो । मेलाको उद्घाटन गर्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धनमार्फत आयात प्रतिस्थापन अहिलेको मुख्य दायित्व रहेको रहेको बताउनुभयो । “सुशासन, पुँजीगत खर्च […]

  • २ years अगाडि
कर्णालीको कथामा ‘बुलाकी’

कर्णालीको कथामा ‘बुलाकी’

नेपाली चलचित्रमा ग्रामीण परिवेश र कथालाई केही समययता देखाउनेक्रम बढेको छ । मौलिक नेपाली चलचित्रमा स्थानीय भाषा, पहिरन र संस्कृतिलाई समेटिने गरिन्छ । कर्णालीमै डेढ महिना छायाङ्कन गरिएको चलचित्र ‘बुलाकी’को काठमाडौँमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री सुरक्षा पन्तले मनोरञ्जन, मौलिकतासँगै संस्कृतिलाई समेटेर तयार गरिएको जानकारी दिनुभयो । “कर्णाली ठाउँ विकट भए पनि त्यहाँका मान्छे […]

  • २ years अगाडि
हराएका तीन सय ६० मोटरसाइकल हस्तान्तरण

हराएका तीन सय ६० मोटरसाइकल हस्तान्तरण

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा हराएका तीन सय ६० मोेटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । आजमात्र २२ सवारीसाधनलाई फेला पारेर सम्बन्धित धनीलाई बुझाएको कार्यालयका […]

  • २ years अगाडि

लोकप्रिये