समाज

गाउँमै स्थापना भयो नुन डिपो

गाउँमै स्थापना भयो नुन डिपो

कालीकोटको पचालझरना गाउँपालिका–८ को भँैसीसेन गाउँमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको हो । आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले बताउनुभयो । “आयोडिनयुक्त नुन ल्याउनका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो”, उहाँले […]

  • २ years अगाडि
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभाले सविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा राख्नुभएको उक्त शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उहाँको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गर्नाका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो । नेपाली कांग्रेसबाट विस २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक […]

  • २ years अगाडि
कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा

कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा

जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ । यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज सार्वजनिक बिदासमेत दिएको छ । जुम्ली किसानहरू आज आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाइरहेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी सत्यदेवी पाण्डेले जानकारी दिनुभयो । कालीमार्सी धानको बीउ […]

  • २ years अगाडि
नमोबुद्ध–८ मा दुई लाख लिटर क्षमताको ट्याङ्की शिलान्यास

नमोबुद्ध–८ मा दुई लाख लिटर क्षमताको ट्याङ्की शिलान्यास

काशीखण्ड बृहत् खानेपानी आयोजनाअन्तर्गत नमोबुद्ध नगरपालिका–८ मा बन्ने दुई लाख लिटर क्षमताको ट्याङ्की शिलान्यास गरिएको छ । नमोबुद्ध–८ का एक हजारका साथै वडा नम्बर ७ र ९ का पाँच सय गरी एक हजार पाँच सय घरधुरी लाभान्वित हुने आयोजनाको सबैभन्दा ठूलो रिजर्भायर ट्याङ्कीको नमोबुद्ध नगरप्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडा नं ८ का अध्यक्ष […]

  • २ years अगाडि
ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला हुने

ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला हुने

ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव हुने भएको छ । घरेलु उत्पादनको प्रवद्र्धन र पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यले चैत २१ देखि २५ गतेसम्म मेला तथा महोत्सवको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले जनाएको छ । “उद्यम गरी स्वरोजगार बनौँ, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याऔँ”, भन्ने नारासहित आयोजना हुने […]

  • २ years अगाडि
एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र

एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र

एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो । सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै […]

  • २ years अगाडि
संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्ताव प्रस्तुत गर्दै मन्त्री शर्माले संवैधानिक परिषद्लाई अघि […]

  • २ years अगाडि
आठ बालबालिकामा क्षयरोग सङ्क्रमण

आठ बालबालिकामा क्षयरोग सङ्क्रमण

जिल्लामा आठ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा पाँच सय ९२ जनामा क्षयरोग देखिएकामा तीमध्ये आठ बालबालिका छन् । स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार सङ्कमित बालबालिकामध्ये भरतपुर महानगरपालिकामा तीन, रत्ननगर नगरपालिकामा दुई, राप्ती र माडी नगरपालिकामा एक÷एक र इच्छाकामना गाउँपालिकामा एक जना छन् । चौध वर्ष मुनिका […]

  • २ years अगाडि
विभिन्न विधाका आठ स्रष्टालाई पुरस्कार

विभिन्न विधाका आठ स्रष्टालाई पुरस्कार

मकवानपुरस्थित मातृभूमि साहित्य समाजले विभिन्न विधाका आठ स्रष्टालाई पुरस्कृत गरेको छ । उक्त समाजको २३ औँ वर्षिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा रु २० हजार राशिको नित्यगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार वरिष्ठ सङ्गीतकार भूपेन्द्र रायमाझीलाई र रु २१ हजार राशिको मायादेवी मातृभूमि साहित्य पुरस्कार काठमाडौका साहित्यकार सीता विष्टलाई प्रदान गरिएको हो । रु १५ हजार […]

  • २ years अगाडि
नेप्सेमा उच्च अङ्कको गिरावट

नेप्सेमा उच्च अङ्कको गिरावट

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आज २६ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अङ्कमा कायम भएको छ । आज दुई सय ५९ कम्पनीको ३७ लाख ५४ हजार तीन सय ३४ कित्ता शेयर ३२ हजार एक सय ६८ […]

  • २ years अगाडि
चैती छठी मनाइँदै

चैती छठी मनाइँदै

चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठी पर्व सुुरु भएको छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रतालुहरु ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइन्छने गर्दछन् । चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिन्छ । तराई र छिमेकी देश भारतमा मात्र मनाउने गरिएको छठ […]

  • २ years अगाडि
‘नेपाली पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने काम हुनुपर्छ’

‘नेपाली पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने काम हुनुपर्छ’

नेपाली पत्रकारिताको विश्वसनीयता खस्कन थालेकाले पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने काम गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासङ्घ पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सत्ता, शक्ति र सरकारको निरन्तर खबरदारीमा पत्रकारिता क्षेत्र सक्रिय रहनुपर्ने बताउनुभयो । पत्रकारिताका विषयमा उठ्ने प्रश्न सुन्न र स्वीकार गर्न […]

  • २ years अगाडि

लोकप्रिये