गाउँमै स्थापना भयो नुन डिपो

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ २१:४५
गाउँमै स्थापना भयो नुन डिपो

कालीकोटको पचालझरना गाउँपालिका–८ को भँैसीसेन गाउँमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको हो । आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले बताउनुभयो । “आयोडिनयुक्त नुन ल्याउनका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।” साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जिल्ला शाखाको सहकार्यमा गाउँमा नै नुन डिपोको स्थापना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्माले बताउनुभयो । “आयोडिनयुक्त नुन ल्याउनका लागि यहाँबाट सदरमुकाम जान र आउनका लागि कम्तीमा रु तीन हजार खर्च हुने गरेको थियो । त्यहाँ गएर पनि एकजनाले पाँच किलो मात्र नुन पाउने गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “प्रतिकिलो नौ रुपैयाँ पर्ने नुनका लागि ल्याउन जाँदा खर्च बढी हुने गरेकामा अब त्यो हट्ने भएको छ ।” पचालझरना गाउँपालिकाको लामो प्रयासपछि पालिकाको स्थानीयलाई बीच ठाउँमा डिपो स्थापना गरिएको गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो ।–––

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ २१:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट