देउखुरी, ८ चैत (रासस) ः दाङका वन नजिकका बस्तीमा वन्यजन्तु पस्न थालेपछि त्रास बढेको छ । घोराही उपमहानगरपालिका– ५ वसन्तापुरकी दीपा डाँगीले पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा बाख्रा चराउन लग्नुभएकी डाँगीका पाँच ठूला खसी बाघले मारिदियो । उहाँसँग अहिले पनि २० खसीबाख्रा छन् । […]
वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ । महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिरलगायतको क्षेत्रमा व्यापक सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले ठूलाठूला भौतिक संरचनासँगै खेतबारीको रुपमा उपभोग गर्दै आएका छन् । यसरी सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले वर्षाैंदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा […]
चैतेदशैँको अवसरमा आज महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । प्रत्येक वर्ष असोज र चैतको दशैँमा मात्रै खोलिने गरेको यो मन्दिर आज चैत शुक्ल प्रतिपदाको अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको छ । […]
भारतसँग सीमा जोडिएको पर्यटकीय केन्द्र तुम्लिङमा तीनदिने कञ्चनजङ्गा दिगो पर्यटन फोरम २०२३ जारी छ । फोरममा पर्यटकीयस्थलहरुको प्रचार गर्न विभिन्न पालिका प्रमुखहरुको सहभागिता छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाले महोत्सवको शुभारम्भ गर्नुहुँदै जैविक विविधताको संरक्षण गरी विकास निर्माणमा पनि पर्यटन मैत्री बन्नुपर्नेमा जोड दिनुभयो । माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षतामा भएको कार्यक्रममा इतिहासविद […]
आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ । गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको काम निर्धारित समयमा हुन नसकेको डुडुवा गाउँपालिका, कृषि शाखाका प्रमुख सुशील शर्माको भनाइ छ । “बजेट र भुक्तानीअनुसार शीतभण्डारको काम भइरहेको छ”, उहाँले भन्नुभयो । पालिकामा एक किसानले कम्तीमा […]
जेठ २१ लाई छुवाछूतमुक्त दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेकामा दलित समुदायले वर्तमान सरकारलाई धन्यवाद दिएका छन् । अन्ठाउन्नौँ अन्तर्राष्ट्रियय जातीय विभेद उन्मूलन दिवसका अवसरमा विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय दलित जनप्रतिनिधिको भेलाका सहभागीले सरकारलाई आभार व्यक्त गरेका हुन् । दलित अधिकारकर्मी उमेश विश्वकर्माले तत्कालीन अन्तरिम संसद्ले पहिलोपटक देशलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ […]
नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपकसिंह बिष्टले जानकारी दिनुभयो । घटनास्थल पुगेको अस्थायी […]
आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून अवस्थामा छ । कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सुरु भएको आयोजना निर्माणको म्याद आव […]
भोजपुर, ८ चैत (रासस)ः काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहँुदा पेसा सङ्कटमा […]
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गइरहेको मे१ज १९४२ नंको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]
बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको बिहुँपोखरामा प्रशासनिक भवन अधुरै छ । दोस्रो तलाको ढलानपछि पिलर ठड्याइए पनि बाँकी कामले दुईदेखि पूर्णता पाउन सकेको छैन । दोस्रो तलासमेत कार्यालय प्रयोजनाका लागि कोठा तयार गर्ने गरी तीन वर्षअघि भवनको निर्माण सुरु गरिएको थियो । बजेट अभावका कारण काम रोकिएपछि भवन जीर्ण बनेको छ । वडा कार्यालय आफ्नै बलबुतामा […]
भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्दामध्ये चारवटाको फैसला भएको हो । भरतपुर महानगरपालिकाको कानुनी मामिला शाखाका सहायक निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार फैसला भएकामध्ये एउटा मुद्दा जिल्ला अदालत चितवन गएको छ । अन्य दुईवटा क्षेत्राधिकारभन्दा बाहिर भएकाले अदालत पठाइएको उहाँले बताउनुभयो । […]