काठमाडौं । दोलखा सदरमुकाम चरिकोटमा फागुन १९ गतेबाट महोत्सव सुरु भएकाे छ । सदरमुकाम चरिकोटमा सुरु हुने महोत्सव फागुन २७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गनुभएकाे छ । महोत्सव सञ्चालनका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । रोबटिक एसोसिएसन नेपालको सहयोगमा रोबर्ट प्रदर्शनी महोत्सवको […]
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारले ल्याएको दुई विधेयकलाई प्रमाणिकरण गर्नुभएको छ । बागमती प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उहाँले प्रमाणिकरण गर्नुभएको हो । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि यी दुई विधेयकले ऐनको रुपमा लिएको छ […]
चितवन जिल्लामा कार्यरत आमसञ्चारकर्मी टोलीले आज राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय आई समाचार सेवासहित विविध विषयमा जानकारी लिएको छ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको संयोजनमा चितवनका आमसञ्चारकर्मी सम्मिलित सो अध्ययन÷अवलोकन भ्रमण टोलीमा चितवन जिल्लासहित प्रदेश तथा केन्द्रीयस्तरका आमसञ्चारमाध्यममा कार्यरत ३३ जना पत्रकारको सहभागिता थियो । रासस पदाधिकारीसँग भएको अन्तरक्रियामा समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र […]
ताप्लेजुङ, १९ फागुन (रासस)ः पाथीभरा मन्दिर जाने पदमार्गको फोहर व्यवस्थापनका लागि बुधबार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन् । यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए । तर फोहरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अवस्थामा देखिन्छन् । विभिन्न खानेकुरा, पेयपदार्थका खोल, बोतल तथा […]
प्रेरणादायी महिलाहरू’ नामक पुस्तक सार्वजनिक भएको छ । विभिन्न क्षेत्रमा योगदान पु¥याउने २४ महिलाका जीवनी पुस्तकमा छ । मोतिदेवी स्मृति केन्द्रले एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उक्त कृति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गर्नुभएको हो । उहाँले साधना, सङ्कल्प र तपस्याबाट देशका लागि योगदान दिएका […]
आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पपुवान्युगिनीले नेपाललाई जितका लागि एक सय ८० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ रोजेको पपुवान्युगिनीले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल बनायो । पपुवान्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै हिरी हिरी […]
जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने उदिपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रको कामले तीव्रता पाएको हो । ग्याबेल, ग्याबिन वाल, मेशिन वालको काम तीव्र रुपमा भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालयका सडक इन्जिनियर राजेश अधिकारीले हालसम्म साढे तीन किलोमिटरको […]
सरकारले निर्माण सुरु गरेको पूर्व-पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ । रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि नै दुई लाइनबीच तादात्म्यता मिलाउन आवश्यक रहेको रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनियर) अमन चित्रकारले बताउनुभयो । भारतीय पक्षले रक्सौल–काठमाडौँको विस्तृत […]
गर्भवतीको हत्या गरेको आरोप लागेका नन्दी मण्डललाई तीन वर्षको कैद सजाय सुनाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सुनुवाई गर्दै मण्डललाई तीन वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो । हत्याको आरोप लागेका मृतकका देवर राजविराज नगरपालिका–१५ मुसहर्नियाका मुर्जा भनिने पञ्चदेव साह र निजकी श्रीमती प्रमिलादेवीलाई विसं […]
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अङ्गलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, “गत मङ्गलबार सवारी दुर्घटनाबाट परी मस्तिष्क […]
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा रहेको श्रीयोगी नरहरिनाथ अध्यात्म विज्ञानगीता पाठशाला समावेशी समुदायका व्यक्तिलाई अध्यापन गराउने नमुना पाठशालाका रुपमा परिचित छ । समाजमा ब्राह्मण समुदायले मात्र अध्ययन गर्ने भन्ने मान्यता बोकेको संस्कृत विषयमा अहिले विभिन्न जातजातिको पनि आकर्षणको विषय बन्न थालेको छ । गैँडाकोटको श्रीयोगी नरहरिनाथ आश्रममा विभिन्न जातजातिका विद्यार्थीले संस्कृत शिक्षा पढिरहेका छन् । यहाँ […]
यहाँका दुर्गम क्षेत्रका बालकालिकामा कडा कुपोषणको समस्या देखिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा आएका बिरामी बालबालिकामध्ये दुर्गम क्षेत्रका अधिकांश बालबालिकामा कडा कुपोषणको समस्या देखिएको हो । पछिल्लो समय जिल्ला अस्पतालसहित यहाँका सबैजसो स्वास्थ्य संस्थामा कडा कुपोषणका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पतालका सूचना अधिकारी उमा गुरुङले बताउनुभयो । यकीन तथ्याङ्क आइनसकेको भए पनि दैनिक आउने बिरामीमा […]