राजनीति

हृदयेश त्रिपाठी र वृशेषचन्द्र लालले सहकार्य गर्ने

हृदयेश त्रिपाठी र वृशेषचन्द्र लालले सहकार्य गर्ने

जनता प्रगतिशील पार्टी नेपाल र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ । हृदयेश त्रिपाठीको नेतृत्त्वमा रहेको जप्रपा र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तमलोपाबीच बुधबार पाँच बुँदे सहमति भएको हो । उनीहरुबीच भएको पाँच बुँदे सहमति सार्वजनिक भएको छ । बुधबार भएको सहमतिको पहिलो बुँदामा नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय […]

  • ९ महिना अगाडि
विप्लवका विद्यार्थीले नाम फेरे

विप्लवका विद्यार्थीले नाम फेरे

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनले संगठनको नाम परिवर्तन गरेको छ । काठमाडौंमा जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रले यस अघि अखिल (क्रान्तिकारी) परिवर्तन गरेर अखिल (समाजवादी) राख्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष प्रकाश सी नवयुगले जानकारी दिए। संगठनको २३ राष्ट्रिय सम्मेलनको उद्घाटन राजधानी काठमाडौंको वाल्मिकी क्याम्पस प्रदर्शन मार्गमा आइतबार नेकपाका महासचिव […]

  • ९ महिना अगाडि
कांग्रेसको लफडाले प्रचण्ड-ओलीको मन मिल्दै

कांग्रेसको लफडाले प्रचण्ड-ओलीको मन मिल्दै

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । अहिलेको सत्तारूढ गठबन्धनका बारेमा कांग्रेस महासमिति बैठकमा भइरहेको टीका टिप्पणी र छलफलले त्रसित प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन गरेर आफ्नो कुर्सी सुरक्षित गर्नका लागि ओलीसँग सम्बन्ध बढाएको टिप्पणीसमेत हुनथालेको छ । एमाले […]

  • ९ महिना अगाडि
राप्रपाले आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाउने

राप्रपाले आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाउने

राप्रपाले आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गर्दै छ। राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकारसहितका माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो। भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० […]

  • ९ महिना अगाडि
एमाले केन्द्रीय कमिटी बैठक : चारवटा प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

एमाले केन्द्रीय कमिटी बैठक : चारवटा प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

मंगलबारदेखि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ। मंगलबारको बैठकमा प्रस्तुत भएका चारवटा कार्ययोजनामा आज समूहगत छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। छलफलका लागि एमालेले ९ वटा समूह बनाएको छ। एमाले अध्यक्ष केपी ओलीले मंगलबारको […]

  • ९ महिना अगाडि
कांग्रेस महासमिति बैठक : ५ प्रतिवेदन पेस, आज छलफल भोलि समापन

कांग्रेस महासमिति बैठक : ५ प्रतिवेदन पेस, आज छलफल भोलि समापन

सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए। त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी […]

  • ९ महिना अगाडि
कांग्रेस एक्लै चुनाव लड्ने

कांग्रेस एक्लै चुनाव लड्ने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन्। सभापति शेरबहादुर देउवासँगको चार दिन लामो विवाद र रस्साकस्सीपछि यही आइतबारसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जनसहित थापाले सांगठनिक प्रस्ताव पेश गरेका हुन्। गगनले आगामी चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने अडानसहित प्रतिवेदन पेश गरेका हुन्। कुनै […]

  • ९ महिना अगाडि
नेपाल राजतन्त्र २०५८ सालमै गइसकेको थियो, ज्ञानेन्द्र नक्कली राजा हुन् : केपी ओली

नेपाल राजतन्त्र २०५८ सालमै गइसकेको थियो, ज्ञानेन्द्र नक्कली राजा हुन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असली राजतन्त्र २०५८ सालमै समाप्त भएको बताएका छन् । एमाले केन्द्रीय समितिको सातौं बैठकमा उद्घाटन मन्तव्य राख्दै ओलीले सो कुरा बताएका हुन् । उनले असली राजतन्त्र २०५८ सालमै समाप्त भए पनि केही व्यक्ति आफ्नो दुनो सोझ्याउन राजा ल्याउने भनेर लागिपरेको बताए । उनले भने, ‘अहिले गएको राजतन्त्र नक्कली हो, […]

  • ९ महिना अगाडि
नख्खु कारागारमा विपश्यना ध्यान केन्द्रको उद्घाटन

नख्खु कारागारमा विपश्यना ध्यान केन्द्रको उद्घाटन

ललितपुरको नख्खुस्थित कारागार कार्यालयमा विपश्यना केन्द्रको उद्घाटन भएको छ। मंगलबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागार कार्यालय नख्‍खुमा निर्माण गरिएको विपश्यना केन्द्र ‘धम्मासय’को उद्घाटन गरेका हुन्। कारागार कार्यालय नख्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंले उद्घाटन कार्यक्रम आयोजना गरेका हुन्। यस कारागारमा १२ दिनसम्म ४८ कैदीबन्‍दीहरूका लागि ध्यान शिविर संचालन हुनेछ। यससँगै नेपाल विपश्यना केन्द्रले […]

  • ९ महिना अगाडि
हामीलाई राष्ट्रियसभामा कसरी एक्लाए ?

हामीलाई राष्ट्रियसभामा कसरी एक्लाए ?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धि विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताएका छन्। मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले राष्ट्रिय सभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति […]

  • ९ महिना अगाडि
लोकरिझ्याइँमा रम्ने पार्टीको इतिहास र भविष्य छैन : पूर्णबहादुर खड्का (पूर्णपाठ)

लोकरिझ्याइँमा रम्ने पार्टीको इतिहास र भविष्य छैन : पूर्णबहादुर खड्का (पूर्णपाठ)

नेपाली कांग्रेसले नयाँ र राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेका दलहरूलाई अधिनायकवादीको संज्ञा दिएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा प्रस्तुत गरेको नीति प्रतिवेदनमा ती दलहरूले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाएका छन् । राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा बोकेकाप्रति लक्षित गर्दै उनले निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हाबी हुन खोजेको […]

  • ९ महिना अगाडि
ओलीको टिप्पणी: नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्री

ओलीको टिप्पणी: नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्री

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामा नैतिकता नभएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ‘हुतीहारा’को संज्ञा दिए । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले मन्त्रीको गलत क्रियाकलापले मान्छेको ज्यान गएको सरकारी प्रतिवेदन रहेको बताए । त्यसकारण मन्त्री ज्वालाले […]

  • ९ महिना अगाडि