प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन्। शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्रीले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प […]
देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका सहिदप्रति सम्मान गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न […]
नेपाल भ्रमणमा आएको चिनियाँ उच्चस्तरीय टोली स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसि) अन्तराष्ट्रिय विभागका उपमन्त्री सन् हैयान नेतृत्वको ६ सदस्यीय टोली आज सिचुवान एयरको उडानबाट चीन प्रस्थान गरेको हो । सिचुवान एयरको 3U3902 मा चिनियाँ टोली दिउँसो साढे १२ बजे काठमाडौंबाट उडेको जनाइएको छ । नेपालको तीनदिने मैत्रीपूर्ण भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेको […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” उनले कर्णाली स्वास्थ्य विज्ञान […]
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालय अन्तरगतको सार्जवनिक खरिद कार्यालय ताहाचलले सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो । सूचीमा समावेश मध्ये चार कम्पनीलाई तीन वर्ष, एक दुई वर्ष, चार […]
नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले राप्रपाका नेता ज्ञानेन्द्र शाहीले आफ्नो अध्यक्ष नेत्र विप्लव चन्दविरुद्ध पक्राउ पुर्जी जारी भएर पनि पक्राउ नपरेको भनेर दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न चेतावनी दिएका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै शाहीले शनिबार सिन्धुपाल्चोक सम्पर्क समितिको कार्यक्रममा उक्त अभिव्यक्तिले आफूहरुलाई आक्रोशित बनाएको बताएका छन् । शाहीको अभिव्यक्तिले ३ बुँदे […]
प्रतिनिधि सभा अन्तर्गतका चारवटा विषयगत समितिका बैठक आज बस्दै छन्। राष्ट्रिय सरकोकार तथा समन्वय समिति, कानून, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक आज बस्न लागेका हुन्। बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपालको जनसंख्याको हालको अवस्था […]
आइतबार बिहान नेपालको सीमावर्ती भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदबाट राजीनामा दिए । बिहार राज्यका राज्यपाल राजेन्द्र आर्लेकरलाई उनले राजीनामा बुझाएका थिए । जनता दल युनाइटेडका अध्यक्षसमेत रहेका उनले तत्कालीन राज्यका राष्ट्रिय जनता दल र कांग्रेस मिलेर बनेको गठबन्धनबाट पनि राजीनामा दिएका थिए । भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्समा उनी जोडिएका थिए […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको बताएका छन्। तेजाव पीडित मुस्कान खातुनको सत्यकथामा आधारित चलचित्र ‘नमेटिने घाउ’को शुभमुहूर्तमा आइतबार सहभागी हुने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार […]
अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । पहिलो सन्तान जन्माउन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । अमेरिकामा उनले ‘बेबी सावर’ समेत गरेकी छन् । जसको भिडियो तथा तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखालाई अहिले उनकै पार्टीका नेताहरूले कटाक्ष गर्न थालेका छन् । शनिवार एक कार्यक्रममा बोल्ने क्रममा […]
नेपाली कांग्रेसको भातृ संगठन नेपाल थारु संघको केन्द्रीय कार्यसमितिमा ९९ जना मनोनीत भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ९८ जनालाई मनोनीत गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी गरेर शिवनारायण महतो गुरौको अध्यक्षतामा थारु संघको ९९ सदस्य […]
नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद्को बैठक आज (आइतबार)देखि सुरु हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान ११:३० बजेदेखि सुरु हुने बैठक भोलिसम्म चल्ने छ। बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। एकीकृत समाजवादीले पार्टीको विधान मस्यौदामाथि छलफलका लागि बैठक बोलाएको हो। एकीकृत समाजवादीले […]