आमा न मामा, बाबु न काका– दिने कोही नभएपछि खोज्दै हिँड्नुपर्ने चटारोमा छन्, रवि लामिछाने !यताउता गरेर चितवनमा ६ अर्ब रुपैयाँ खन्याए पनि भोटचाहिँ घण्टीतिर गइरहेको दुःख प्रधानमन्त्री प्रचण्डले रविसँगै बिसाउनुभएको छ । उनीचाहिँ ‘पैसा खोज्न’ नेपाली राहदानी बोकेर पत्नीसहित मलेसिया, बेलायततिर लागेका छन् । चुनावको बेला सामाजिक सञ्जालमार्फत विदेशमा रहेका नेपालीको ‘सेन्टिमेन्ट क्यास’ गरेजस्तो […]
सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (मंगलबार) बस्दै छ। बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बस्ने माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन्। उनका अनुसार बैठकमा राष्ट्रियसभाको निर्वाचन, पार्टीको विधान सम्मेलन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिबारे छलफल हुनेछ। प्रवक्ता सापकोटाका अनुसार बैठकमा पार्टीले सञ्चालन गरेको तीन महिने […]
प्रधानमन्त्रीद्वारा नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको निरीक्षण काठमाडौं, पुस ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छ्न । सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन २ सडकखण्डको भर्चुअल निरीक्षण गरेका हुन । निरीक्षणपछि प्रधानमन्त्रीले भने, “हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् […]
समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ। मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन्। मोर्चाले जिल्ला अदालत काठमाडौँबाट केही दिनअघि नेकपाका महासचिव नेत्रविक्रम […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को ‘शैली’प्रति असन्तुष्टि जनाएका छन्। आफ्नो प्रश्न राख्ने, तर जवाफ सुन्ने धैर्यता नराखेको भन्दै प्रधानमन्त्री प्रचण्डले बालेनको शैलीप्रति असन्तुष्टि जनाए। ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि थिए। कार्यक्रममा काठमाडौंका मेयर बालेन पनि अतिथिको रुपमा उपस्थित थिए। बालेनको मन्तब्य : […]
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (सोमबार)बाट सुरु हुँदैछ। मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक एकीकृत समाजवादीले आजका लागि सारेको थियो। बैठक आज र भोली बस्ने पार्टी प्रचार विभागले जनाएको छ। बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको […]
नेकपा (एमाले)ले सुरु गरेको संकल्प यात्राको आज समापन गरिँदै छ । चिवाभन्ज्याङमा राष्ट्रिय झन्डा फहराएर गत मंसिर १४ गतेदेखि सुरुभएको मध्यपहाडी पुष्पलाल राजमार्गको यात्रा औपचारिक रूपमा सम्पन्न गरिने एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए । संकल्प यात्रा समापन गरिने भएपनि यात्राले नेपाली राजनीति र समाजमा पारेको प्रभाव र सन्देशका बारेको विमर्श भने निरन्तर जारी रहनेछ […]
राष्ट्रिय सभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले आज चुनाव चिह्न पाउने भएका छन्। राष्ट्रिय सभा चुनावमा भाग लिनका लागि १२ दलहरुले शुक्रबार निवेदन दिएका थिए। निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई आयोगले आज चुनाव चिह्न दिने भएको हो। दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख […]
सत्तारूढ दल नेपाली कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको बताए । […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालमाथि रकम उठाएको आरोप लगाइरहेका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीले राजीनामा दिए प्रमाण सार्वजनिक गर्ने बताएका छन्। प्रमाणको सुरक्षा मुख्य कुरा भएकाले आफू अहिले प्रमाणको सुरक्षा गर्नतिर लागेको पनि जिकिर गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘मसँग चारजना बढीको प्रमाण छ। अदालतको प्रक्रिया हेर्दै छु। […]
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रूपान्तरणको लागि नयाँ ढंगले जानुपर्ने बताएका छन् । बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको इतर पक्षको भेलामा संसदीय दलको नेता परिवर्तन गर्ने गृहकार्यमा लाग्नुपर्ने बताए । महामन्त्री थापाको भनाई उद्धृत गर्दै एक नेताले भने- पहिला म संसदीय दलको नेता उठे सफल हुन सकिनँ । अब नयाँ ढंगले जानुपर्छ। शेखर दाइलाई अगाडि […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको मध्यपहाडी संकल्प यात्रा टोलीलाई बिहीबार भोजपुरमा आफूलाई पहिचानवादी बताउने एउटा समूहले कालोझन्डा देखाएको छ। सम्मृद्दिका लागि संकल्प यात्राको क्रममा बुधबार भोजपुर पुगेका ओलीलाई सदरमुकाबाट पूर्वतर्फ लाग्ने क्रममा बैकं रोडमा कालोझन्डा देखाइएको हो। कालोझन्डा देखाउँदै नाराबाजीमा उत्रिएका जनता समाजवादी पार्टीसहितका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। जनता समाजवादी पार्टिका सचिव नरराज […]