प्रधानमन्त्रीद्वरा नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको निरीक्षण

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० 0८:५0
प्रधानमन्त्रीद्वरा नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको निरीक्षण

प्रधानमन्त्रीद्वारा नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको निरीक्षण
काठमाडौं, पुस ३ गते
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छ्न । सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन २ सडकखण्डको भर्चुअल निरीक्षण गरेका हुन ।

निरीक्षणपछि प्रधानमन्त्रीले भने, “हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन। यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन। यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ।”
प्रमुख दुई आयोजनालाई प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीले निर्देशन दिए । “गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने कुरा हाम्रो काबुमा छ, त्यो हाम्रो जिम्मेवारी पनि हो” प्रधानमन्त्रीले भने, “फिल्डका कार्यालयले समयमै सम्वन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुप¥यो। समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ। दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ।”
सरकारको प्राथमिकतामा दुई आयोजना भएकाले समयमा पूरा गर्न उनले आग्रह गरे । “अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ। तोकिएको समयमा नै काम सकिनुपर्छ। यी कारणले काम भएन भन्न पाइने छैन” प्रधानमन्त्रीले भने, “यी दुई प्रजेक्ट महत्वपूर्ण छन्। समयमै सकिनुपर्छ। म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु।”
यसरी दुइ आयोजना पूरा गर्ने अन्तिम अबसर भएकाले नभए दोस्रो स्टेप चाल्ने प्रधानमन्त्रीले चेतावनी दिए । “यो काम गर्ने अन्तिम अवसर हो। सबैले एकपटक अवसर लिऔं। अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन। राष्ट्रिय गौरवका योजनामा काम दुर्ई सिफ्टमा गराउनुपर्छ। यसका लागि गम्भीर गृहकार्य गरौं” उनले भने ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० 0८:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट