राजनीति

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न गरेका प्रयासको समीक्षा, कार्यान्वयनको अवस्था, चुनौतीलगायत भावी कार्ययोजनाबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, अर्थमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला […]

  • २ years अगाडि
उपत्यका ‘मेयर्स फोरम’ मा महर्जन

उपत्यका ‘मेयर्स फोरम’ मा महर्जन

उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ । काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका तथा नगरपालिकाका प्रमुख रहनुहुने सो फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । उहाँहरू क्रमशः सूर्यविनाय, चन्द्रागिरि, टोखा, तारकेश्वर र मध्यपुरथिमीका नगरप्रमुख हुनुहुन्छ । फोरमको […]

  • २ years अगाडि
पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

सरकारले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । कोशी नामकरणका सन्दर्भमा आन्दोलनका क्रममा […]

  • २ years अगाडि
दुई विधेयक टेबुल

दुई विधेयक टेबुल

प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो । यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन (२०७८ साउन- […]

  • २ years अगाडि
सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग

सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सङ्घीय शिक्षा ऐन, सङ्घीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारको ध्यानकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले सङ्घीय संसद्मा थारुको उचित प्रतिनिधित्व हुन नसकेकाले तत्काल ती ऐन ल्याउन आग्रह गर्नुभएको हो । यस्तै, सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठाइएका विषयको समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानकर्षण गराउनुभएको थियो […]

  • २ years अगाडि
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुनेभएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले […]

  • २ years अगाडि
जसपाको विधान अधिवेशन जेठमा सर्‍याे

जसपाको विधान अधिवेशन जेठमा सर्‍याे

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सारेको छ । पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने छ । यसअघि यही चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो । […]

  • २ years अगाडि
आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री

आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।” सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री डा महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिनुभयो । समाजका पदाधिकारीले […]

  • २ years अगाडि
बच्चा जन्मदर्ता मावलीका थरबाट गर्न सकिने

बच्चा जन्मदर्ता मावलीका थरबाट गर्न सकिने

एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो । त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले राससलाई जानकारी […]

  • २ years अगाडि
चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति

चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति

चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज […]

  • २ years अगाडि
उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्पसनबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्पसनबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदुत डिनआर थम्पसनले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका […]

  • २ years अगाडि
एकै मितिमा स्ववियु निर्वाचन गराउन माग

एकै मितिमा स्ववियु निर्वाचन गराउन माग

तीन विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूको आज बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् । बैठकपछि नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश […]

  • २ years अगाडि