सत्ता गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर सहित नयाँ सहमति बनेको छ। मंगलबार बसेको सत्ता गठबन्धनको बैठकपछि ७ बुँदे सहमति सार्वजनिक गरिएको छ। पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाको सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ। सत्ता साझेदार रास्वपाले सत्ता गठवन्धनको साझा उम्मेदवार मान्न नसकिने भन्दै उम्मेदवार दिने निर्णय गरेको हो। पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डीपी अर्यालले बताए। त्यस्तै बझाङको प्रदेशसभा (१) […]
राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन आज (मंगलबार) हुँदै छ। नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माबीच राष्ट्रिय सभाकाे अध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो। दाहाललाई सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका साथै जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको पनि साथ छ। दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र […]
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि ब्यूँतिएको नाउपाको संस्थापक केन्द्रीय समितकोे बैठक आज बस्दैछ। सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा संस्थापक केन्द्रीय समितिको बैठक बस्न लागेको हो। अल्ममतमा रहेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा रेशमको जोडबलमा तीन मन्त्री थपिएपछि नाउपाभित्र रेशम र रञ्जिताबीच तीव्र मतभेद देखिएको छ। […]
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ। दर्ता प्रक्रिया सकिनासाथ आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने कार्यतालिका छ। संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक छ। नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष […]
नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली कांग्रेसले भने युवराज शर्मालाई […]
नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले फागुन २९ गते हुने निर्वाचनका लागि शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी […]
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी संगठनलाई राजनीति हस्तक्षेपबाट मुक्त गराउँदै सरुवा-बढुवा लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने दोहोर्याएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा उनले आफ्नो शक्ति नेतालाई नसुम्पिन निर्देशन दिए । उनले आपराधिक गिरोहसँग हात मिलाएको देखे प्रहरीलाई कारबाही हुने चेतावनी पनि दिए । प्रहरी कर्मचारी गैर व्यवसायिक गतिविधिमा संलग्न […]
सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्ने जिम्मेवारी १० नेताले पाएका छन् । सत्तामा सहभागी पाँच दलबाट दुई/दुई नेतालाई कार्यदलमा सहभागी गराइएको छ । जसमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् । नेकपा (माओेवादी केन्द्र)बाट उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति […]
राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गतेलाई तोकेकी हुन् । उनले निर्वाचन कार्यक्रम म्बन्धी सूचना प्रकाशित गर्न संघीय संसद्का महासचिवलाई निर्देशन समेत दिइन् । ‘राष्ट्रिय सभा नियमावली २०७५ को […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका ठाकुरमोहन श्रेष्ठ कुटिएका छन् । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेका हुन् । ठाकुरमोहन पूर्व एआइजी हुन् । पार्टीको कार्यसम्पादन समितिको आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो । उक्त बैठकमा पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राखेका थिए । उनले बोल्ने […]
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफू गिरफ्तारी दिनका लागि झापादेखि काठमाडौं आइपुगेको बताएका छन् । आज (आइतबार) झापादेखि काठमाडौं आएका प्रसाईँले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण नतिर्ने र तिर्न नदिनेलाई कारबाही गर्ने चेतावनी दिएकाले आफू काठमाडौं आएको बताए […]