सरकारको कार्यक्रम लेख्ने टोलीमा को को परे ?

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० १४:0१
सरकारको कार्यक्रम लेख्ने टोलीमा को को परे ?

सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्ने जिम्मेवारी १० नेताले पाएका छन् । सत्तामा सहभागी पाँच दलबाट दुई/दुई नेतालाई कार्यदलमा सहभागी गराइएको छ ।

जसमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् । नेकपा (माओेवादी केन्द्र)बाट उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल रहेका छन् । जनता समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन रहेका छन् । नेकपा (एकीकृत समाजवादी) बाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल रहेका छन् ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट