प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले कोशी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता र संवाद गरी समस्याको समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सो आन्दोलनका क्रममा घाइते भई निधन हुनुभएका लाजेहाङ लिम्बु (पदम लिम्बू)को सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्व लिम्बूलाई शहीद घोषणा गर्न र निजका […]
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पछिल्लो समय आफ्नै कमी कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो भएको बताउनुभएको छ । “अब हामी ढिलो नगरी जनअपेक्षाअनुरुप संसद्, सरकार र प्रतिपक्ष सबै एकै ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन”, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “हाम्रा कमी कमजोरीले सङ्घीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा […]
नेकपा (एमाले)का रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार होइन विज्ञ मात्र आवश्यक रहेको उल्लेख गर्नुभयो । पूर्वमन्त्री पन्तले भन्नुभयो, “हालको अभ्यास र प्रणालीलाई बलियो बनाउनुपर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र चल्नुपर्छ । […]
लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीले आज मुख्यमन्त्री लीला गिरी समक्ष सामूहिक राजीनामा दिनुभएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो । “पार्टीका सबै मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसहित नयाँ सरकार गठनका दाबीका लागि […]
उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला आउनुहुँदा उहाँलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो । सिमरा विमानस्थलमा उपराष्ट्रपति यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादव, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, प्रदेश सरकाका अर्थमन्त्री सञ्जय यादव, संविधानसभा […]
राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारका नाममा रुलिङ गरेको छ । बैठकको सुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गर्नुभएको हो । राष्ट्रियसभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घण्टा ढिला गरी सुरु हुन […]
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताउनुभएको छ । आज बिहान सुर्खेत आइपुग्नुभएका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा उहाँले सोही अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पार्नुभयो । उपाध्यक्ष पौडेलले निर्वाचनपछिको नतिजाले एमाले प्रतिपक्षमा बस्ने अवस्थामा पुगको बताउनुभयो ।
प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै उहाँले प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइते हुनुभएका लाजेहाङ लिम्बु (पदम लिम्बू)को उपचारका क्रममा भएको निधनप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । […]
प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै उहाँले प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइते हुनुभएका लाजेहाङ लिम्बु (पदम लिम्बू)को उपचारका क्रममा भएको निधनप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । […]
जनमत पार्टीले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इञ्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ । पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इञ्चार्ज तोकिएको अध्यक्ष सीके (चन्द्रकान्त) राउतले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सामा माधवप्रसाद सिंह […]
कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिनुभयो ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्माओलीलाई पार्टी एकता गरेर नेकपा ब्युँत्याउन तयार हो रु भनेर प्रश्न गरेका छन् । शुक्रबार पार्टीका भूपू प्रहरी तथा सैनिक संगठनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । केही समयअघि राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि आफुले नेकपा ब्युँताउन प्रस्ताव गर्दा प्रचण्ड सहमत […]