शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न सांसदको माग

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ १४:२८
शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न सांसदको माग

प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै उहाँले प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइते हुनुभएका लाजेहाङ लिम्बु (पदम लिम्बू)को उपचारका क्रममा भएको निधनप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । साथै उहाँले यस किसिमका दुखद् घट्नाको अन्त्य गर्न माग गर्दै शान्तिपूर्ण रुपमा जनताले अधिकार माग्नु नैसर्गिक अधिकार भएको बताउँदै यसमा हुने दमनलाई रोक्न आग्रह गर्नुभयो । बैठकमा सांसद रामहरि खतिवडाले कुनै पनि दुर्घटनामा घाइते हुने यात्रुको उपचारमा अस्पतालले धरौटी माग्ने गरेको र विभिन्न कठिनाइ रहेको बताउँदै यसमा सहज व्यवस्थाका लागि सरकारसँग आग्रह गर्नुभयो । साथै उहाँले आमजनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क तथा प्रभावकारी सेवा प्रदान आवश्यक प्रबन्ध गर्नसमेत माग गर्नुभयो । सांसद अरुणकुमार चौधरीले सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको कर्णाली चिसापानी पुल उचित मर्मतको अभावमा नटबोल्ट खिइएर झरेको अवस्थामा रहेकाले दुर्घटना हुनसक्नेतर्फ सचेत गराउँदै तत्काल उचित मर्मतसम्भारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । सांसद प्रभु साहले राजस्व छल्ने नाममा आतङ्क मच्चिएको र राजस्व छलिका मुद्दामा पक्राउ गर्नेलाई प्रदान गरिने ४५ प्रतिशत कमिसनको व्यवस्थाको दुरुपयोग भएको बताउँदै यसलाई नियन्त्रण गर्न माग गर्नुभयो ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ १४:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट