नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सदैव राजनीतिक स्थिरता र देशको समृद्धिका पक्षमा उभिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने प्रस्तावका पक्षमा आफ्नो धारणा व्यक्त गर्दै संविधान प्रदत्त राजनीतिक व्यवस्था, राजनीतिक स्थिरता र देशको समृद्धिका पक्षमा सधैँ उभिइरहने बाचा गर्नुभयो । गत पुस २६ मा […]
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले केही दिनअघि मात्र सरकारबाट अलग्एिको दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था भई नसकेको बताउनुभयो । अध्यक्ष लिङ्देनले भन्नुभयो, “विकास, सुशासन र सेवा प्रवाहमा एकाकार […]
जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मुलुकमा देखापरेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सदनलाई जानकारी गराउनुभयो । सांसद यादवले संविधानको संरक्षण, सङ्घीयताको कार्यान्वयन वर्तमान सरकारको प्रमुख […]
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले अव्यवस्थित एवं अनियन्त्रित बसाइँसराइका कारण जनताका आधारभूत अधिकार सुनिश्चित गर्न चुनौती थपिएको बताउनुभएको छ । बसाइँसराइकै कारण नीतिनिर्माण गर्न र सेवा प्रवाह गर्न राज्यलाई समस्या मात्र नभई नयाँ चुनौती थपिँदै गएको उहाँको भनाइ छ । विश्व पानी दिवसका सन्दर्भमा खानेपानी मन्त्रालयको सहकार्यमा स्मार्ट वास र वाटर एडले आज आयोजना […]
उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिनुभएको छ । उपराष्ट्रपति धनखरले आज सामाजिक सञ्जालमार्फत् ट्वीटमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिनुभएको हो । उपराष्ट्रपति धनखरले दुई देशबीचको बहुआयामिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनसँगै काम गर्न चाहेको सन्देशमा उल्लेख गर्नुभएको छ । यही चैत ३ […]
नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता तथा कार्यकारिणी समिति सदस्य यादव उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट राजिनामा दिनुभएको हो । यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट दिनुभएको राजिनामा स्वीकृत भएको जसपाले विज्ञप्तिमार्फत जनाएको छ । […]
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार पाँच वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको उल्लेख गर्नुभयो […]
प्रतिनिधिसभामा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवको पद रिक्त रहेको जानकारी दिइएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै त्यससम्बन्धी जानकारी सदनलाई गराउनुभयो । उहाँले नेपालको संविधानको धारा ६७ को उपधारा (३) र धारा ८९ को खण्ड (क) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त भएको जानकारी गराउनुभएको हो । […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोटो समयमा प्रभावकारी काम गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले सरकारले छोटो समयमा अर्थतन्त्रको पुनरुत्थान, सुशासनको प्रत्याभूति, विकास निर्माणलाई तीव्रता दिन इमान्दारितापूर्वक क्रियाशील रहेको बताउनुभयो । संसदको आजको बैठकमा आफ्नो पक्षमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा उहाँले सेवा प्रवाहमा सरलीकरण, सामाजिक न्यायको प्रवद्र्धन र राष्ट्रिय […]
नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थि संसद् भवनमा आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिन नसक्ने निर्णय गरेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । “सरकारलाई विश्वासको मत नदिने निर्णय भएको छ”, बैठकपछि उहाँले भन्नुभयो, “सरकारले स्थिरता, विकास र समृद्धिका पक्षमा विश्वास लाग्दो आधार […]
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल (क्रान्तिकारी)ले वर्चस्व कायम गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ । विविध कारणले यहाँका छ क्याम्पसको निर्वाचन स्थगित भएको छ । सार्वजनिक नतिजाका हिसाबले […]
जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक यही चैत ७ गते मङ्गलबार बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । […]