उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १५:५६
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त

नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता तथा कार्यकारिणी समिति सदस्य यादव उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट राजिनामा दिनुभएको हो । यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट दिनुभएको राजिनामा स्वीकृत भएको जसपाले विज्ञप्तिमार्फत जनाएको छ । नवनियुक्त उपराष्ट्रपति यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । शपथलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लौनचौर पुगेर पदबहाली गर्नुभएको छ ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट