राजनीति

जेठमा महाधिवेशन गर्दै एकीकृत समाजवादी

जेठमा महाधिवेशन गर्दै एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले आसन्न १० औं महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ। पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमाअगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। सबै कमिटीले सम्बन्धित नेताले संगठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्यांकनका आधारमा प्रतिनिधिको […]

  • १ year अगाडि
गृहमन्त्री लामिछाने आज प्रहरी हेडक्वार्टर जाने

गृहमन्त्री लामिछाने आज प्रहरी हेडक्वार्टर जाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने आज नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल जाने भएका छन् । गृहमन्त्रालय सम्हालेपछि हरेक मन्त्रीले प्रधान कार्यालयको निरीक्षण गर्ने परम्परा रहेकोले लामिछानेले दोस्रो पटक प्रधान कार्यालयको निरीक्षणका लागि जाने भएका हुन् । उनी यसअघि अघिल्लोपटक मन्त्री बन्दा २०७९ साल पुस १५ गते हेडक्वार्टर पुगेका थिए ।

  • १ year अगाडि
राष्ट्रियसभा बैठकः अध्यक्षको निर्वाचनसम्बन्धी मिति तोक्ने कार्यसूची

राष्ट्रियसभा बैठकः अध्यक्षको निर्वाचनसम्बन्धी मिति तोक्ने कार्यसूची

राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ। बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिनेछ। यसअघि माघ २१ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक फागुन २९ गते चुनाव गर्ने र त्यसका लागि फागुन २७ गते राष्ट्रिय सभा […]

  • १ year अगाडि
सामान्य जिवनशैलिका मन्त्री हितबहादुर तामाङ : संक्षिप्त परिचय

सामान्य जिवनशैलिका मन्त्री हितबहादुर तामाङ : संक्षिप्त परिचय

सधै सामान्य जिवनशैलिमा देखिने नुवाकोटका बामपन्थी नेता नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हितबहादुर तामाङ दोस्रो पटक नेपाल सरकारको मन्त्री बन्नुभएको छ । उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार माओवादी केन्द्रको तर्फबाट विनाविभागीय मन्त्री बनाउनुभएको हो । नेपाली राजनीतिमा चर्चित एवं प्रभावशाली नेता तामाङको जन्म वि.स.२०२१ साल जेठ १५ गते साविकको पञ्चकन्या गाविसको वडा नम्बर ३ […]

  • १ year अगाडि
स्कुल बसलाई बन्दुक तेर्साउनेहरूका ज्ञानेन्द्र शाहीका आदर्श हुन् : उपाध्यक्ष मैनाली

स्कुल बसलाई बन्दुक तेर्साउनेहरूका ज्ञानेन्द्र शाहीका आदर्श हुन् : उपाध्यक्ष मैनाली

इटहरी / नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष जीपी मैनालीले गणतन्त्रको विरोध गर्ने ज्ञानेन्द्र साहीहरू स्कुल बसलाई बन्दुक तेर्साउनेहरूका पक्षमा रहेको बताएका छन् । शुक्रवार अखिल क्रान्तिकारी केन्द्रीय प्राविधिक क्याम्पस समिति धरानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्रका विरोध गर्दै साही जस्ताले राजतन्त्रको वकालत गर्दै स्कुल बसलाई बन्दुक […]

  • १ year अगाडि
संसदमै नभएका व्यक्तिहरू प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन् : केपी ओली

संसदमै नभएका व्यक्तिहरू प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा एकसिट पनि नभएका व्यक्तिहरू प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने गरेको बताएका छन्। काठमाडौंमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले भने,‘सरकारमा हुँदा होस् वा नहुँदा होस् नेपालको अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सकिँने […]

  • १ year अगाडि
अमरेश सिंहले भने : बालेनको दम्भ बढेछ, गरिबको टाउको फुटाउँदैछन्

अमरेश सिंहले भने : बालेनको दम्भ बढेछ, गरिबको टाउको फुटाउँदैछन्

स्वतन्त्र सांसद डा. अमरेश सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमा दम्भ बढ्दै गएको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले महानगरका मेयर साहमा दम्भ बढ्दै गएको बताएका हुन्। ‘श्रमजीवीहरूले यो देशमा बस्न नपाउने, काठमाडौंमा बस्न नपाउने?’, उनले भने, ‘कहिले फुटपाथका व्यवसायीको टाउको फुटाउने, कहिले कवाडी हटाउने, काठमाडौंका मेयरमा घमण्ड बढ्न थाले […]

  • १ year अगाडि
गठबन्धन नफुट्ने देउवालाई विश्वास

गठबन्धन नफुट्ने देउवालाई विश्वास

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको दाबी गरेका छन्। भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन आज चितवन आएका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताएका हुन्। एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको […]

  • १ year अगाडि
संसदमा भरतपुरको नयाँ नाम : छोरीको नगरपालिका

संसदमा भरतपुरको नयाँ नाम : छोरीको नगरपालिका

एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री प्रचण्ड संसद छाडेर छोरीको नगरपालिकामा गएको टिप्पणी गरेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कटाक्ष गरेका छन् । प्रचण्ड आज घुमौं भरतपुरको उद्घाटनका लागि चितवन गएका छन् । सुर्य थापाकै पार्टी अध्यक्ष केपी ओलीसमेत भरतपुर जाने तयारीमा छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले विपक्षी सांसदले स्थानीय तहको नयाँ नाम दिएको […]

  • १ year अगाडि
इलामको चुनावमा उत्रियो रास्वपा : ६ सांसद खटिए

इलामको चुनावमा उत्रियो रास्वपा : ६ सांसद खटिए

वैशाख १५ गतेका लागि इलाम-२ मा उपनिर्वाचनको मिति तोकिएसँगै चुनावी सरगर्मी बढेको छ । यहीक्रममा रास्वपाका ६ सांसद आज इलाम जाँदैछन् । रास्वपाका अनुसार आज साँझ ६ जना सांसदहरू इलामका विभिन्न ६ पालिकामा पुग्नेछन् । भोलि ती ६ जनै सांसदहरूले इलामका नागरिकहरूसँग अन्तरक्रिया गर्ने र पर्सि फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । जसअनुसार सांसद […]

  • १ year अगाडि
राप्रपाका सांसद आज संसदमा उभिने

राप्रपाका सांसद आज संसदमा उभिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने भएको छ। संसद् सचिवालयको तालिकाअनुसार आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ। उक्त बैठकमा राप्रपाले अवरोध गर्ने भएको हो। राप्रपा स्रोतका अनुसार दूध किसान र लघुवित्त पीडितका समस्या समाधान तथा बालकुमारी घटनाका दोषीलाई कारबाही गरिनुपर्ने माग राखेर राप्रपाले आज संसद् अवरुद्ध गर्ने […]

  • १ year अगाडि
राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बिहान बस्दैछ। बिहीबार बिहान ११ बजेर १ मिनेटमा संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन २०८० सभा समक्ष पेस गर्ने सम्भाावित […]

  • १ year अगाडि