राजनीति

यादवलाई मत दिने कांग्रेसको निर्णय

यादवलाई मत दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेस आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । उपराष्ट्रपति पदको निर्वाचनमा यही चैत ३ गते हँुदैछ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा नेपालका नेता यादवलाई मत दिने निर्णय गरेको हो । बैठकले गत फागुन […]

  • २ years अगाडि
प्रधानमन्त्रीसँग प्रदेश प्रमुखको भेट

प्रधानमन्त्रीसँग प्रदेश प्रमुखको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ प्रदेशका प्रमुखले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री दाहाललाई भेट गर्न छ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीसँग कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले भेट गर्नुभएको हो […]

  • २ years अगाडि
चितवनमा जनप्रतिनिधिलाई अभिमुखीकरण

चितवनमा जनप्रतिनिधिलाई अभिमुखीकरण

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न यहाँका जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ । कार्यक्रम लागू गर्न जनस्वास्थ्य कार्यालय चितवनले अभिमुखीकरण तालिम दिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नागरिकलाई स्वस्थ राख्ने यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नमूनाको रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । अधिकारीले […]

  • २ years अगाडि
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । उपराष्ट्रपति चयनका लागि यही चैत ३ गते […]

  • २ years अगाडि
पुनःस्थापनाका कार्यक्रम ल्याउन हरवाचरवाको माग

पुनःस्थापनाका कार्यक्रम ल्याउन हरवाचरवाको माग

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले अधिकारसम्पन्न हरवाचरवा पुनःस्थापना समिति गठन गरी लगत सङ्कलन तथा बहुआयामिक गरिबी निवारणसहित पुनःस्थापनाका कार्यक्रम ल्याउन मधेस प्रदेश सरकारसित माग गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मङ्गलबार ज्ञापनपत्र बुझाउँदै मञ्चका अध्यक्ष दशनलाल मण्डलसहितको टोलीले २०७९ साउन २ गते सङ्घीय सरकारले हरवाचरवा मुक्ति, ऋण तथा कागजात खारेजीको घोषणा गरे पनि पुनःस्थापनाका […]

  • २ years अगाडि
सङ्घीयता कार्यान्यन गर्न तीनै तहका सरकारले मानसिकता बदल्नुपर्छ :  पूर्वमुख्यमन्त्री रावल

सङ्घीयता कार्यान्यन गर्न तीनै तहका सरकारले मानसिकता बदल्नुपर्छ : पूर्वमुख्यमन्त्री रावल

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुलुकले पहिलोपटक सङ्घीयताको अभ्यास गरेकाले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट तथा समन्वयमा केही समस्या र कमीकमजोरी देखिएको बताउनुभएको छ । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति (रासस)को जिज्ञासामा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा आगामी दिनमा अभ्यस्त भई सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । निवर्तमान […]

  • २ years अगाडि
हुलाकी सडक निर्माणलाई गति दिन प्रमुखको निर्देशन

हुलाकी सडक निर्माणलाई गति दिन प्रमुखको निर्देशन

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उहाँले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिनुभएको हो । विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन दशमलव एक सय ९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित […]

  • २ years अगाडि
ओलीको टिप्पणीः १० दलका नेताको मानसिकता डरलाग्दो छ

ओलीको टिप्पणीः १० दलका नेताको मानसिकता डरलाग्दो छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दश दलका नेताको मानसिकता डरलाग्दो भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओली मंगलबार शाक्यलाई जिताउन आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘१० दलका गठबन्धनका नेताहरूको जुन खालको मानसिकता देखिन्छ त्यो डरलाग्दो छ । यो प्रतिगामी छ । प्रतिगामी भनेको पछाडि फर्कने हो ।’ उनले दश दलले […]

  • २ years अगाडि
‘गठबन्धन ५ वर्षसम्म एकीकृत सोचका साथअघि बढ्नुपर्छ’

‘गठबन्धन ५ वर्षसम्म एकीकृत सोचका साथअघि बढ्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धन आगामी पाँच वर्ष एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसद्लाई विघटित नहुने गरी गठबन्धन दलहरू एकीकृत रूपमा अघि बढ्नुपर्ने बताए । उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने बताए […]

  • २ years अगाडि
सर्वोच्चको आदेशमाथि प्रचण्डको प्रतिक्रियाः विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने आदेश बुझेँ

सर्वोच्चको आदेशमाथि प्रचण्डको प्रतिक्रियाः विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने आदेश बुझेँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिँदा आफूलाई कुनै चिन्ता नभएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यो आदेशले बाहिर प्रधानमन्त्री केही हुन लागेको हो कि भनेर तरंग पैदा भएको बताए । ‘म विल्कुल चिन्तित थिइनँ’, उनले भने, ‘विभाजित माओवादी […]

  • २ years अगाडि
सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता चयन

सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता चयन

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनीत गरेको छ। सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनीत गरेका हुन्। उपाध्यक्ष नेम्वाङ राष्ट्रपतिका उम्मेदवार थिए। नेकपा एमालेबाट उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए। यसअघि ओलीले आइतबार संसदीय प्रमुख सचेतकमा पदम गिरी र […]

  • २ years अगाडि
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न माओवादी धाराका दलको माग

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न माओवादी धाराका दलको माग

काठमाडौं । माओवादी धारका ६ दलहरुले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पुरा गर्न सरकारसँग माग गरेको छ । आज माओवादी धारका ६ दलले संयुक्त पत्रकार सम्मेलन गर्दै संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा अविलम्ब पुरा गर्न माग गरेको हो । माओवादी धारका नौ दलले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेपनि पत्रकार सम्मेलनमा ६दलमात्रै सहभागी भए । ‘अविलम्ब आवश्यक […]

  • २ years अगाडि