सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता चयन

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन २९, २०७९ १७:१२
सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता चयन

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनीत गरेको छ।

सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनीत गरेका हुन्।

उपाध्यक्ष नेम्वाङ राष्ट्रपतिका उम्मेदवार थिए। नेकपा एमालेबाट उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए।

यसअघि ओलीले आइतबार संसदीय प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनीत गरेका थिए।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन २९, २०७९ १७:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट