राजनीति

दुई विषयगत समितिको प्रतिवेदन सभामा पेस

दुई विषयगत समितिको प्रतिवेदन सभामा पेस

राष्ट्रियसभामा दुई विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा समितिका सभापति डा बेदुराम भुसालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन प्रतिवेदन २०७८÷०७९’ पेस गर्दै समितिका अधिकांश बैठक विधेयक निर्माणमा केन्द्रित भएको बताउनुभयो । त्यस अवधिमा नौ वटा विधेयकसम्बन्धी प्रतिवेदन पारित भएको, ऐन कार्यान्वयन मापन तथा अध्ययन र अनुसन्धानअन्तर्गत तीन वटा प्रचलित ऐनको […]

  • २ years अगाडि
परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा : परराष्ट्रमन्त्री

परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर उहाँले नीति अनुसन्धान प्रतिष्ठानले पुनरावलोकन गरिरहेको नीति एक महिनाभित्र सार्वजनिक हुने सो अवसरमा जानकारी दिनुभयो । “दुई वर्षअघि नीति बनेको, कार्यान्वयन अलिअलि भएको तर सार्वजनिक नभएको अवस्था थियो । वर्तमानमा विदेशीका विभिन्न रणनीति आएको परिप्रेक्षमा […]

  • २ years अगाडि
सांसद रहमानको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

सांसद रहमानको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत गरिएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिरुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेकी रहमानको फागुन १३ गते ६३ वर्षको शनिबार हृदयाघातबाट निधन भएको थियो । […]

  • २ years अगाडि
सरकारको मुख्य प्राथमिकता सुशासन र विकास : प्रधानमन्त्री दाहाल

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताउनुभएको छ । गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरुले स्थायित्व […]

  • २ years अगाडि
चितवन–२ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

चितवन–२ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत गरी यही फागुन १ गतेदेखि १६ गतेसम्मका लागि मतदाता नामावली अद्यावधिक […]

  • २ years अगाडि
एमाले सरकारबाट बाहिरिने निर्णय

एमाले सरकारबाट बाहिरिने निर्णय

नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निणर्य सचिवालय बैठकले गरेको पनि जानकारी दिनुभयो ।

  • २ years अगाडि
रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय वसुन्धारामा आज बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र […]

  • २ years अगाडि
प्रदेश  १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

काठमाडौं । प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ । राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार राप्रपा सङ्घीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेश नं १ […]

  • २ years अगाडि
ओलीको आरोप : प्रचण्डले धोका दिनुभयो

ओलीको आरोप : प्रचण्डले धोका दिनुभयो

काठमाडों । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको आरोप लगाएका छन् । काठमाडौंमा भएको कार्यक्रममा ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताए ।   ‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्‍याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र रु’ […]

  • २ years अगाडि
‘जनयुद्धका सहिद’लाई राष्ट्रिय सहिद घोषणा गर्छौं: प्रधानमन्त्री प्रचण्ड

‘जनयुद्धका सहिद’लाई राष्ट्रिय सहिद घोषणा गर्छौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्धका सहिद’लाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बालुवाटारमा आइतबार ‘जनयुद्धका सहिद’ तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तर्क्रियामा उनले राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरेका छन्। ‘जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको आज स्मृति दिवस पनि […]

  • २ years अगाडि
सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : मन्त्री राई

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : मन्त्री राई

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवद्र्धनमा लाग्नुपर्ने बताउनुभएको छ । आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)ले आज यहाँ आयोजना गरेको ‘सहकारीको सङ्कट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा मन्त्री राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र […]

  • २ years अगाडि
परराष्ट्रमन्त्री डा पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै

परराष्ट्रमन्त्री डा पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै

काठमाडौँ । परराष्ट्र मन्त्री डा विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुहुने भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । […]

  • २ years अगाडि