ओलीको आरोप : प्रचण्डले धोका दिनुभयो

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १६:२५
ओलीको आरोप : प्रचण्डले धोका दिनुभयो

काठमाडों । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको आरोप लगाएका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताए ।

 

‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्‍याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र रु’ ओलीले भने ।

प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको पनि ओलीले बताए ।

 

‘अस्तिका दिनसम्म पनि मसँग छकाउने भाषा बोल्नुभयो, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाईँले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो,’ ओलीले भने, ‘मैले चक्कु देखेर पनि तपाईंले भनेपछि फूल नै हो भनेर बसेँ ।’

 

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट