सार्वजनिकस्थलमा पार्क सञ्चालन भइरहेपनि ती पार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन निर्माणका लागि बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना गर्न लागिएको छ । ‘प्रकृति संरक्षण र सौन्दर्य हाम्रो पहिचान, पर्यटन प्रवद्र्धन र समृद्धिका लागि प्रथम पार्क सम्मेलन’ भन्ने नारासहित यही जेठको ६ र ७ गते बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारीमा प्रथम पार्क सम्मेलन आयोजना गर्न लागिएकोे राष्ट्रियपार्क […]
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८÷७९ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले उक्त प्रतिवेदन ग्रहण गर्दै नेपालको संविधान एवम् प्रचलित ऐन कानुनले तोकेबमोजिम काम, कर्तव्यहरु कार्यालयले सफलतापूर्वक सम्पन्न भएको छ भन्ने विश्वास लिएको बताउनुभयो । उहाँले दरबन्दीअनुसार कर्मचारीको […]
मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्व तयारी अवस्थामा रहन काभ्रे्रका स्थानीय तहलाई निर्देशन दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज धुलिखेलमा सम्पन्न बैठकले ‘मनसुनजन्य विपद् पूर्व तयारी तथा प्रतिकार्य–२०८०’ अनुसार बाढी, डुवान तथा कटानका कारण हुनसक्ने क्षति कम गर्न स्थानीय तहलाई पूर्ववत् तयारी अवस्थामा रहन निर्देशन दिएको हो । समितिका संयोजक एवं प्रमुख जिल्ला […]
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा प्राडा भूपेन्द्रकुमार बस्नेत नियुक्त हुनुभएको छ । यसैगरी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर र राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा प्रज्वल श्रेष्ठ नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको आजको मन्त्रिस्तरीय निर्णयबाट उहाँहरु नियुक्त हुनुभएको हो ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । निगमले […]
बुटवल, २ जेठ (रासस) : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कक्षा ६ सम्मका विद्यार्थीलाई नियमित दिवा खाजाको व्यवस्था गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सङ्घीय सरकारले तोकेको रकममा थप बजेट व्यवस्थापन गरेर नियमित दिवा खाजाको व्यवस्था गरिँदै आएको छ । तिलोत्तमा नगरपालिकाले २०७४ साउनदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको […]
सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड राखिएको हो । डिजिटल बोर्ड उद्घाटनमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले यी बोर्डले दुर्घटना न्यूनिकरण गर्न सहयोग पु¥याउने भन्दै ट्राफिक चेतनाबारे सबैमा […]
काठमाडौं । मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता भोली (बुधबार)देखी सुरु हुदैछ । ८ जेष्ठ सम्म चल्ने सो प्रतियोगितामा ६० भन्दा बढी टोलीको सहभागिता हुनेछ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल र ‘पिपुल्स भोलेन्टियर्स’को आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको उदघाटन पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने कार्यक्रम […]
काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । […]
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ । यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो । नागरिकलाई सहज बनाउनका लागि विगत गरिँदै आएको शैली बन्द गरी अनलाइन प्रणालीबाट उक्त सेवा साेमबार देखि सुरु गरिएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । […]
मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हप्ता जति मर्मत कार्य भएपछि पुनः पानी पठाइने छ । हेलम्बु–१ स्थित […]
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय स्थानीय ४८ वर्षदेखि लालपुर्जाविहीन समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ । उहाँलाई बागमती प्रदेशसभा सदस्य रुकु चौलागाई, भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक भोला अर्याललगायतको एक टोलीले भेट गरी उक्त समस्याको समाधानार्थ ध्यानाकर्षण गराएको हो । जिल्ला मालपोत […]