मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ ३, २०८० १६:४९
मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८÷७९ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले उक्त प्रतिवेदन ग्रहण गर्दै नेपालको संविधान एवम् प्रचलित ऐन कानुनले तोकेबमोजिम काम, कर्तव्यहरु कार्यालयले सफलतापूर्वक सम्पन्न भएको छ भन्ने विश्वास लिएको बताउनुभयो । उहाँले दरबन्दीअनुसार कर्मचारीको अभाव भए पनि मेहनतका साथ कार्य सम्पादन भएकामा खुसी व्यक्त गर्नुभयो । मुख्य न्यायाधिवक्ता आचार्यले कार्यालयले कानुनबमोजिम कार्य सञ्चालन, प्रदेशउपर दायर मुद्दामा प्रतिरक्षा र सरकारलाई कानुनी परामर्श दिने काम गर्दै आएको जानकारी गराउनुभएको थियो ।

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ ३, २०८० १६:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट