प्रदेश समाचार

उद्योगीका समस्या समाधान हुन्छ  ः मन्त्री रिजाल

उद्योगीका समस्या समाधान हुन्छ ः मन्त्री रिजाल

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायी आत्तिनुपर्ने अवस्था होइन । अहिलेको समस्या समाधान हुन्छ ।” उद्योगीको समस्या समाधानका लागि सरकारले […]

  • २ years अगाडि
नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’

नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको दुर्गम गाउँ नर्जाखानीका स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । स्थानीय सरकारले तरकारी खेतीमा अग्रसर बनाउन सबै वडावासीलाई प्लास्टिक टनेल स्थापनाका लागि अनुदानमा वितरण गरेको छ । वडाका सबै घरमा टनेलमार्फत तरकारी खेती उत्पादन भएमा दुर्गम स्थानका नागरिकको जीवनस्तर वृद्धि गर्नेगरी तमानखोला गाउँपालिका–६ कार्यालयले […]

  • २ years अगाडि
सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना भएकाे  छ । हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए ।अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनामा परेको हो । सिलिङ अप्रेसनमा रहेकै अवस्थामा हेलिकप्टर दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ । दुर्घटनामा पाइलट सकुशल रहेको उनको भनाइ छ ।  

  • २ years अगाडि
जल तथा मौसम बिज्ञान आगामी मनसुन २०८० कस्तो हुन्छ: सिजनल पूर्वानुमान

जल तथा मौसम बिज्ञान आगामी मनसुन २०८० कस्तो हुन्छ: सिजनल पूर्वानुमान

काठमाडौं । जल तथा मौसम बिज्ञानले आगामी मनसुन २०८० कस्तो हुन्छ भनेर सिजनल पूर्वानुमान गरेकाे छ । जस अनुसार आगामी वर्षायाममा देशको अधिकाम्स भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेकाे छ । यश वर्ष सरदर वर्षा ३५ देखि ५५ प्रतिशत रहेको छ । त्यसमा पनि सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा औसत […]

  • २ years अगाडि
पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला

पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन । विसं २०७६ मा निर्माण थालिएको मिनि रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको हो । रङ्गशाला निर्माण भए सिन्धुपाल्चोक मात्रै नभएर आसपासका जिल्लाको फुटबल प्रतियोगिता गर्न आउँदा आम्दानीको स्रोतमा समेत वृद्धि हुने उद्देश्यले रु ४१ करोड ६२ लाखमा […]

  • २ years अगाडि
बेपत्ता युवक पाँच दिनपछि मृत फेला

बेपत्ता युवक पाँच दिनपछि मृत फेला

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् । रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए । खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर–४ वडभानस्थित कालीगण्डकी नदी किनारमा फेला पारेको इलाका प्रहरी कार्यालय रामपुरका निमिक्त […]

  • २ years अगाडि
दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता

दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो । मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल […]

  • २ years अगाडि
विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड […]

  • २ years अगाडि
सामुदायिक विद्यालयमा विद्यार्थी चाप बढ्दो

सामुदायिक विद्यालयमा विद्यार्थी चाप बढ्दो

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ । रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा चालु शैक्षिक सत्रमा करिब तीन हजार विद्यार्थी भर्ना भएका छन् । सो विद्यालयमा धान्ने मुस्किल हुने गरी विद्यार्थीको चाप बढेको छ । यहाँ नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ । विद्यालयले […]

  • २ years अगाडि
वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

वीरगञ्ज, २१ वैशाख (रासस) : आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन् । आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा […]

  • २ years अगाडि
आठ वर्षमा दुई सय बीस गैँडा मरे

आठ वर्षमा दुई सय बीस गैँडा मरे

बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर […]

  • २ years अगाडि
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिनुहुँदै

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिनुहुँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको थियो । यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय […]

  • २ years अगाडि

लोकप्रिये