मोरङको बेलबारी नगरपालिका–३ स्थित कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवाको शुभारम्भ गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले ल्याब परीक्षण सेवाको शुभारम्भ गर्दै परीक्षणको गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभएको छ । प्रदेश प्रहरी अस्पतालको ल्याबबाट सिबीसी, एलएफटी, आरएफटी, लिपिड प्रोफाइल, युरिन आर÷इ, स्टुल आर÷इ, युरिक एसिड, सोडियम, […]
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेण्डर)लाई स्वीकृति दिएको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो । गठन आदेश बमोजिम विसं २०८० का लागि हालसम्म ८०४ वटा भित्तेपात्रोले स्वीकृति पाएको र अहिले पनि केही भित्तेपात्रो प्रकाशन गर्ने संस्था […]
गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । मौरी स्मार्टमा हाल ५१ किसान सङ्गठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिनुभयो । मौरी स्मार्टले पहिलो वर्षलाई आधार वर्षको रूपमा लिएको र सोअन्तर्गत […]
नमोबुद्ध नगरपालिकाले आजदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । आजदेखि नगरको केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताउनुभयो । उहाँका अनुसार सरकारी […]
गोरखानाथ मन्दिरमा २०औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र धार्मिक पर्यटन प्रवद्र्धनका लागि यही वैशाख २२ देखि जेठ १ गतेसम्म महोत्सव हुने भएको हो । गोरखनाथ मन्दिरमा दिनहुँ रोट चढाउने प्रचलन रहे पनि गएको २० वर्षदेखि […]
पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आउनुभएको छ । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने उहाँ बताउनुहुन्छ । मनमायाजस्तै कावासोती–१२ की रीता माझी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो […]
सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ । कतिपय पालिकालाई फोहर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा विसर्जनमात्र होइन, यसबाट आम्दानीसमेत गरिरहेका छन् । यसमध्ये कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनवाट दैनिक रु १० हजार आम्दानी गर्दै आएको छ । बजार क्षेत्रको फोहर […]
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनःस्थापना भएको छ । सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय विसं २०५७ मा नारायणी नदीमा आएको बाढीका कारण विस्थापित भएको थियो । उक्त विद्यालय मध्यविन्दु नगरपालिकाको पहलमा २३ वर्षपछि पुनःस्थापना गरिएको छ । नारायणीमा आएको बाढीले बस्ती कटान र डुबान गरेपछि […]
गलकोट, ३ वैशाख (रासस) : बागलुङ नगरपालिकाको १५ शय्याको अस्पताल पहिलो तला ढलानको तयारी गरिएकै छ महिना बित्यो । छ महिनादेखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ । ढलानका लागि खरिद गरिएका कच्चा सामग्री पतकरले छोपिएका छन् । अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति सकिने बेलासम्म कामले गति नलिँदा त्यहाँका […]
दाङ तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन । विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायतका क्षेत्रमा उपमहानगरपालिकाद्वारा उपलब्ध हुने सेवा सुविधा पाउन नसकेको स्थानीय चक्रपानी उपाध्यायले बताउनुभयो । “हामी उपमहानगरपालिका भन्छौँ, तर राम्रो सडक छैन, धेरै ठाउँ विद्युत् पुगेको […]
डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदैआएको छ । डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा अधिकृतस्तरको दरवन्दी भए पनि वन रक्षकले कार्यालय सञ्चालन […]
नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको […]