प्रदेश समाचार

गोरखा-जितगढी पदयात्रा सुरु

गोरखा-जितगढी पदयात्रा सुरु

नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ आजदेखि गोरखा–जितगढी पदयात्रा सुरु गरेको छ । मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वद्र्धन र प्रवद्र्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पु¥याउने विश्वास लिइएको छ । पश्चिम पृतनापति उपरथी दीपककुमार बाँनियाले शुभारम्भ गर्नुभएको पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा […]

  • २ years अगाडि
सरुवा रोग अस्पताल शिलान्यास

सरुवा रोग अस्पताल शिलान्यास

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा बन्न लागेको प्रदेशस्तरीय सरुवा रोग अस्पतालको आज शिलान्यास गर्नुभएको छ । अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले प्रदेशका सबै नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी प्रदेशमा सरुवा रोग अस्पताल निर्माण हुन लागेको बताउनुभयो । मन्त्री पन्थीले निर्माणाधीन अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताउँदै यसलाई देशकै महत्वपूर्ण अस्पतालका […]

  • २ years अगाडि
एसइई सम्पन्न

एसइई सम्पन्न

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सम्पन्न भएको छ । यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । देशका ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रसहित जापानमा एक गरी दुई हजार ३७ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सम्पन्न भएको उहाँले बताउनुभयो […]

  • २ years अगाडि
उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडकमा पुल निर्माण अघि बढाउन लागिएको छ । विस्तारका अधिकांश सडक अन्तिम चरणमा पुगेकाले पुल बनाउने योजना अघि बढाइएको हो । चावहिल–साँखु सडकमा तीन पुलको निर्माण अघि बढिसकेको छ भने जोरपाटी–सुन्दरीजल र कर्मनाशा खोला–गोदावरी सडकमा पुल निर्माणमा जाने गरी योजना अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । […]

  • २ years अगाडि
वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुवात

वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुवात

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि पालिकाहरुसँग समन्वय गरेर पुनः एकीकरण कार्यक्रमको सुरुवात गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न पालिकासँग लागत साझेदारी गर्दै पुनः एकीकरण कार्यक्रम सुरुआत गरेको बोर्डले जनाएको छ । सातै प्रदेशका विभिन्न ८१ पालिकासँग कार्यक्रम सञ्चालनका लागि बोर्डले सम्झौता गरिसकेको बोर्डका निर्देशक रामा भट्टराईले जानकारी […]

  • २ years अगाडि
रोकिएका सडक निर्माण अघि बढाउन माग

रोकिएका सडक निर्माण अघि बढाउन माग

ठेक्का प्रक्रिया सुरु भएर समयमा सम्पन्न हुन नसकेका र ठेक्का प्रक्रियामै अल्झिएका विभिन्न सडकखण्डको काम अघि बढाउन सांसदहरुले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद ठाकुरप्रसाद गैरे र तेजुलाल चौधरीले अपलत्र परेका सडकको कामअघि बढाउन सम्बन्धित मन्त्रालयलाई संसद्मार्फत् निर्देशन दिइनुपर्ने बताउनुभएको हो । “रुपन्देही, पाल्पा र गुल्मी जिल्ला […]

  • २ years अगाडि
पर्यटकीय विकासका लागि गुरुयोजना

पर्यटकीय विकासका लागि गुरुयोजना

कञ्चनजङ्घा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने भएको छ । कञ्चनजङ्घा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा समृद्ध पहाडले पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहेको छ । गुरुयोजनाले कञ्चनजङ्घा क्षेत्रको दक्षिणी क्षेत्रमा पर्ने पर्यटकीय पद मार्गअन्तर्गत यासाङ, केङ्स्रा, तोरोङदेन, अन्धाफेदी, चेराम […]

  • २ years अगाडि
कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक

कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो । “नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने भएका छौँं”, […]

  • २ years अगाडि
नेपालगञ्जका होटल व्यावसायी विस्थापित हुने खतरा

नेपालगञ्जका होटल व्यावसायी विस्थापित हुने खतरा

कारोबारमा मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने सम्भावना रहेको छ । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको अवस्थामा विस्थापित हुने प्रवल सम्भावना रहेको बताउनुभयो । एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्कोेतिर लगानी गर्ने वातावरणसमेत नभएको हुँदा व्यवसायी दिनप्रतिदिन मर्कामा पर्न थालेको उहाँले […]

  • २ years अगाडि
हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा न्यौपाने

हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा न्यौपाने

चितवन, २९ चैत (रासस) ः विसं २०३७ मा हेल्थ असिस्टेन्ट पदमा चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा छ वर्ष सेवा गर्नुभएका डा विजयराज न्यौपाने अहिले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बन्नुभएको छ । निरन्तरको मिहिनेतले उहाँलाई हेल्थ असिस्टेन्टदेखि अस्पतालको अध्यक्षसम्म पु¥याएको हो । यसबीचमा उहाँले गरेका सङ्घर्ष आफँैमा अनुकरणीय छन् । जिल्लाका […]

  • २ years अगाडि
हराउँदै परम्परागत प्रविधि

हराउँदै परम्परागत प्रविधि

केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहँु, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्नुहुन्थ्यो । ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पीठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजामा चढाउन चोखो शुद्ध परिकार बनाउन ढिकीमा कुट्नेदेखि जाँतोमा पीठो पिस्ने गर्नुहुन्थ्यो । तर, पछिल्लो समय गाउँमा ढिकी […]

  • २ years अगाडि
चिप्स उत्पादन गर्दै रामपुरका महिला

चिप्स उत्पादन गर्दै रामपुरका महिला

रामपुर (पाल्पा), २९ चैत (रासस) : घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँभmबिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ । रामपुर नगरपालिकाका महिलाहरु हिजोआज आयमूलक क्षेत्रमा सक्रिय हुँदै गएका छन् । यहाँका महिलाहरु आलु चिप्स बनाउने र बजारमा बिक्री गर्न […]

  • २ years अगाडि

लोकप्रिये