प्रदेश समाचार

थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौँतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडी बढ्न नसकेको काठमाडौँस्थित सडक डिभिजन कार्यालयले […]

  • २ years अगाडि
रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट

रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट

रोल्पामा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले परिवर्तन गाउँपालिका–४ र ५ का विभिन्न ठाउँमा करिब २८ रोपनीमा लगाएको २५ हजार पाँच सय अफिमका बोट नष्ट गरेको हो । अफिम खेती नष्ट गर्न प्रहरी नायब उपरीक्षक श्याम सारुमगर नेतृत्वको ३८ जनाको टोली खटिएको थियो […]

  • २ years अगाडि
बर्खा नलाग्दै पहिराको चिन्ता

बर्खा नलाग्दै पहिराको चिन्ता

आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरहरूमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन । घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ । हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन । बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो […]

  • २ years अगाडि
ट्राफिक व्यवस्थापनमा चुनौती

ट्राफिक व्यवस्थापनमा चुनौती

बाँके जिल्लामा ट्राफिक प्रहरीमा ६८ जना प्रहरी छन् । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारीसाधनको चाप दैनिक बढिरहेको छ । जिल्लाका १९ ठाउँ दुर्घटनाका हिसाबले असाध्यै जोखिमपूर्ण छन् । जिल्लामा भएका दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी टिपर, […]

  • २ years अगाडि
पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो

पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो

पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले जानकारी दिनुभयो । “पहिलाभन्दा दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ”, उहाँले भन्नुभयो । दूषित […]

  • २ years अगाडि
फागुन मसान्तसम्म अर्थतन्त्र : मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा

फागुन मसान्तसम्म अर्थतन्त्र : मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलवत ४४ प्रतिशत पुगेको छ । जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा बढी […]

  • २ years अगाडि
फागुनमा एक खर्ब चार अर्ब विप्रेषण भित्रियो

फागुनमा एक खर्ब चार अर्ब विप्रेषण भित्रियो

चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म विप्रेषण रु सात खर्ब ९४ अर्ब ३२ करोड आएको छ । फागुनमा मात्रै रु एक खर्ब […]

  • २ years अगाडि
सुुरक्षित गर्भपतनसम्बन्धी प्रशिक्षण सुरु

सुुरक्षित गर्भपतनसम्बन्धी प्रशिक्षण सुरु

सुरक्षित गर्भपतन अपराध नभइ अधिकार भएको आज यहाँ सहभागीहरुले धारणा राख्नुभएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीनदिने सुरक्षित गर्भपतनसम्बन्धी मूल्यमान्यता र व्यवहार रुपान्तरणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहरुले उक्त विचार राख्नुभएको हो । प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल एवम् स्वास्थ्य कार्यालयका चिकित्सहरुलाई सुरक्षित गर्भपतन सम्बन्धमा पालिकास्तरमा रहेका हेल्थ पोष्टका […]

  • २ years अगाडि
‘स्रष्टा चैत ३०’ सम्मान कविद्वय अधिकारी र  श्रेष्ठलाई

‘स्रष्टा चैत ३०’ सम्मान कविद्वय अधिकारी र श्रेष्ठलाई

लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्न स्थापित संस्था ‘स्रष्टा चैत ३०’ ले यस वर्षको सम्मान साहित्यकारद्वय श्यामल अधिकारी र तीर्थ श्रेष्ठलाई प्रदान गर्ने भएको छ । उहाँहरुले सिर्जना र कर्मका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र परिवर्तनलाई संस्थागत गर्न निर्वाह गरेको भूमिकाको कदर गर्दै सम्मान गर्न लागिएको सो संस्थाका अध्यक्ष मनोज न्यौपानेले जानकारी दिनुभयो । […]

  • २ years अगाडि
दीपालयमा बुहत् लिफ्ट सिँचाइ योजना सुरु

दीपालयमा बुहत् लिफ्ट सिँचाइ योजना सुरु

दीपायलमा पहिलो पटक डोटीमा बृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु गरिएको छ । जिल्लाको दीपायल सिलगढी नगरपालिकाले वडा नं १, २ र ३ का लागि बासुधारास्थित सेती नदीबाट रु ६० लाखलागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो । योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा रिजर्भ गरिनेछ भने त्यसबाट करिब तीन […]

  • २ years अगाडि
ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन अघि बढ्यो

ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन अघि बढ्यो

सङ्घीय सरकारको लागतमा नवलपरासीको (बर्दघाट-सुस्ता पश्चिम) बर्दघाटमा निर्माण हुने भनिएको ट्रमा सेन्टर निर्माणका लागि जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ । अघिल्लो आर्थिक वर्षमा जग्गा प्राप्ति हुन नसकेपछि ट्रमा सेन्टर निर्माणका लागि आएको रु १० करोडको बजेट फ्रिज भएको थियो । बर्दघाट नगरपालिका–२ को चिसापानीमा राष्ट्रिय आवास कम्पनीका नाममा रहेको जग्गा प्राप्तिका लागि सहरी विकास […]

  • २ years अगाडि
किसानलाई कृषि सामग्री र तालिम

किसानलाई कृषि सामग्री र तालिम

पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि १७ थान नौ र १० एचपी मिनिटिलर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो । समयानुसार किसानलाई आवश्यक कृषि पेसासँग सम्बन्धित कृषिऔँजार, बिउविजन, प्राविधिक सरसल्लाह, तालिम, […]

  • २ years अगाडि

लोकप्रिये