थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १३:५८
थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौँतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडी बढ्न नसकेको काठमाडौँस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । काठमाडौँबाट जाने सडक ट्रयाक खुलेर कटिङमात्र गरिएको छ । “ठाउँ–ठाउँमा कहिलेकाहीँ मर्मत हुने गरेको भए पनि स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । सडक डिभिजनसँग स्तरोन्नतिका लागि बजेट छैन”, कार्यालयका इञ्जिनियर नेत्र पौडेलले भन्नुभयो । बल्खुबाट फर्पिङ हुँदै हेटौँडातर्फ निर्माण भइरहेको छ । यहाँ गाडीको चाप बढी हुँदा मर्मत गरिएका सडक पनि चाँडो बिग्रिरहेको उहाँको भनाइ थियो । थानकोटबाट साढे दुई किमी कालोपत्र गरिएको छ । त्यहाँबाट छ किमी काठमाडौँसम्म सडक बिग्रिएको छ । मोड बढी हुनाका साथै बाटोको ग्रेड पनि बढी भएकाले मर्मत गरिएका सडक बिग्रिरहेको जनाइएको छ । चित्लाङको दुई किमी कालोपत्र भइरहेको छ । थानकोटतर्फ धेरै स्थानमा बाटो बिग्रिएकाले स्तारोन्नतिमा समस्या भइरहेको छ । गत वर्ष चित्लाङ बजारबाट थानकोटतर्फको दुई किमी सडक कालोपत्रका लागि ठेक्का भएको थियो । अहिले भइरहेको स्तरोन्नतिको काम चालु आवमा सकिने इञ्जिनियर पौडेलले जानकारी दिनुभयो । थानकोट–चित्लाङ सडकलाई गणेशमान सिंह मार्ग नामकरण गरिएको छ । मकवानपुरतर्फ पनि विभिन्न खण्डमा सडक मर्मत भइरहेको छ ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट