वीरगञ्ज, २३ चैत (रासस) ः केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रुपमा रहेको पर्साको ठोरी गाउँपालिका अहिले सुगम हुन पुगेको छ । यतिबेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ । विगतमा सडक सञ्जालको विकास नहँुदा र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको ठोरी अहिले हुलाकी सडक कालोपत्र भएपछि विकासको गतिमा अघि बढेको […]
लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ । विसं २०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएका चार वटा टावरको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा […]
मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका […]
भरतपुर महानगरपालिका–२९ रु नौ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारको रु पाँच करोड ९५ लाख, भरतपुर महानगरको रु एक करोड ७५ लाख तथा स्थानीयको रु ६२ लाख बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो । पाँच […]
दाङमा चालु आर्थिक वर्ष २०७९÷८० को फागुन मसान्तसम्ममा दुई सय ७३ उद्योग तथा फार्म बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्यतर्फ उद्योग तथा फार्म बन्द भएका हुन् । कार्यालय प्रमुख लालबहादुर गुरुङका अनुसार बन्द भएका फार्म एक सय ३० उद्योगतर्फ र एक सय ४३ वाणिज्यतर्फका रहेका छन् । […]
तीस महिनामा सक्नुपर्ने हुलाकी सडक निर्माण छ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन् । कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो । तर अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर दीपक सुनारले निर्माणमा ढिलासुस्ती भएको बताउनुभयो । “कोरोना महामारी, निकुञ्ज […]
अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उहाँलाई सम्मान गरेको हो । सो अवसरमा राजदूत भरतकुमार रेग्मीले राजदूतावासमा नेपाली ढाका टोपी र खादा लगाएर सम्मान गर्नुभएको रेफ्री ढकालले बताउनुभयो । युरोपेली देशमा सञ्चालन हुने विश्व बरियताका खेलमा निर्णायकको भूमिकामा रहनुभएका ढकाल […]
नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी– सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समझदारीपत्र आदान–प्रदान गर्नुभएको थियो । उक्त समझदारीपत्रमा नेपाल प्रहरीका तर्फबाट प्रहरी प्रधान कार्यालय कल्याण […]
बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजादह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रवद्र्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् । नौला गाउँ र गाजादहको सुक्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको हो । नौला र गाजादह क्षेत्रका किसानले दाँते ओखरको व्यावसायिक खेती थालेपछि उजाड जमिन हरियाली बन्दै छ । हुर्किदै गरेका ओखरका बिरुवाले […]
धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् । भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका लागि सम्झौता गरेको भएपनि ठूलो रकम बक्यौता तीर्नुपर्ने अवस्था आएपछि फाउण्डेशन पछाडि हटेसँगै सरकार आफैँले निर्माण गर्न लागेको हो । […]
रसुवागढी नाका अन्तरगत टिमुरेको भोटेकोसी बगरमा निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माण कार्य धमाधम अगाडि बढेको छ । पहिलो चरण अन्तरगत फलामे रड तथा सिमेन्ट कङ्क्रिटको माध्यमबाट पिलर(खम्बा) वाल निर्माण गरी भोटेकोसी नदीमा तटबन्ध गर्ने काम तीव्ररूपले अगाडि बढेको हो । चीन सरकारको सहयोगमा विगत चार वर्ष अगाडिदेखि निर्माण शुरू गरिएको सुख्खा बन्दरगाहको निर्माणकार्य तिब्वत फुल्ली […]
दाङ तुलसीपुर उपमहानगरपालिका–१५ ले गरिब घरपरिवारलाई कुवा खन्न रकम उपलब्ध गराइएकोे छ । वडाको बजेटबाट गरिब परिवारका लागि १२ वटा कुवा निर्माण गर्न रु चार लाख ८० हजार वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका परिवारको सहजताका लागि कुवा बनाउन लागिएको कार्यवाहक वडाध्यक्ष मङ्गल चौधरीले बताउनुभयो । गाउँमा कुवा नहुँदा अर्काको घरबाट पानी ल्याएर […]